काठमाडौं– १० हजार अमेरिकी डलरसहित १ जना लेबनान नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा लेबनान नागरिक ४२ वर्षीय एल यमन महमद छन्। उनी नेपाल एयरलायन्सको उडानद्वारा काठमाडौंबाट संयुक्त अरब ईमिरेट्सको दुबई जान लागेका थिए।
उनीबाट अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको १० हजार अमेरिकी डलर बरामद गरिएको प्रहरीले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्डिङ ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनले झोलामा लुकाएर लैजान लागेको १०० दरको १०० थान अमेरिकी डलर फेला परेको प्रहरीले जनाएको छ।
उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि सोमबार राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।