काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ फोटो राखेर भारतीय आधार कार्ड बनाएको आरोपमा पक्राउ परेका टाइगर राना मगरलाई अदालतले म्याद थप गरी पाँच दिन थुनामा राख्ने अनुमति दिएको छ।
प्रधानमन्त्रीको भारतीय आधार कार्ड बनाउने टाइगर राना मगरको नामले परिचित रुपन्देहीको देवदह नगरपालिका–८ का शेरबहादुर राना मगरलाई जिल्ला अदालत काठमाडौंले पाँच दिन थुनामा राख्न अनुमति दिएको हो।
उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको थियो। उनले प्रचण्ड र उनकी स्वर्गीय पत्नी सीताको तस्बिर दुरुपयोग गर्दै भारतीय आधार कार्ड बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।