काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई सफाया गरिदिन्छु भन्ने व्यक्ति पक्राउ परेका छन्।
पूर्व श्रम मन्त्री तथा प्रतिनिधि सभा सदस्य समेत रहेका अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले ३० वर्षीय विजय कालिकोटेलाई पक्राउ गरेको हो।
उनलाई बुढालीकण्ठबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले कालिकोटेलाई पक्राउ गरेर अहिले अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।