काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ फोटो राखेर भारतीय आधार कार्ड बनाएको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा टाइगर रानामगरको नामले परिचित रुपन्देहीको देवदह नगरपालिका–८ का शेरबहादुर राना मगर छन्।
उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो। उनले प्रचण्ड र उनकी स्वर्गीय पत्नी सीताको तस्बिर दुरुपयोग गर्दै भारतीय आधार कार्ड बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।