काठमाडौं– सात वटै प्रदेश मातहतका २१ वटा जिल्लाहरूमा ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ साउन १ गतेबाट सञ्चालनमा आएको छ।
सवारी नियम उल्लंघनको कसुरमा जरिवाना वापत राजस्व संकलनलाई प्रदेशगत रूपमा बैंकिङ प्रणालीमा जोड्ने योजना अनुरूप उक्त सिस्टम संचालन गरिएको हो।
उक्त सिस्टम कोशी प्रदेशअन्तर्गतका सुनसरी, मोरङ र झापा, मधेस प्रदेश अन्तर्गतका सिरहा, पर्सा र महोत्तरी, बागमती प्रदेश अन्तर्गतका सिन्धुली, काभ्रे र मकवानपुरमा सञ्चालनमा ल्याइएको छ।
यस्तै, गण्डकी प्रदेश अन्तर्गतका कास्की, तनहुँ र नवलपरासी (पूर्व), लुम्बिनी प्रदेशअन्तर्गतका रूपन्देही, दाङ र बाँके, कर्णाली प्रदेश अन्तर्गतका सुर्खेत, सल्यान र दैलेख तथा सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली, कंचनपुर र डोटी जिल्लामा लागू भएको नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।