• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

विष सेवनबाट २ प्रेमिकाको आत्महत्या गराउने जैसी: नक्कली डाक्टर बनेर मेडिकल क्षेत्रकी युवतीबाट १ करोड ठगी

64x64
नेपाल लाइभ सोमबार, साउन १, २०८०  १२:३४
1140x725

काठमाडौं– नक्कली डाक्टर र डीएसपी बनेर ठगी धन्दा चलाउँदै आएका युवाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। नक्कली डाक्टर र डीएसपी बनेर ठगी गर्ने कञ्चनपुर घर भएका बलराम भनेर चिनिने २७ वर्षीय मातृका प्रसाद जैसीविरुद्ध ठगी मुद्दा दायर भएको हो। 

विभिन्न युवती तथा युवाहरुबाट उनले १ करोड ७ लाख ३८ हजार रुपैयाँ ठगी गरेको भन्दै सोहीअनुसार बिगो कायम गर्दै अदालतमा मुद्दा दायर भएको छ। जैसीलाई ठगी आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गत असार ७ गते पक्राउ गरेको थियो। 

उनले ललितपुरमा क्लिनिक सञ्चालन गर्ने एक युवतीलाई नक्कली डाक्टर बनेर ठगी गरेका थिए। आफू वीर अस्पतालको १२औं तहको डाक्टर भएको बताउँदै एप्रोन लगाएर युवतीसँग भिडियो कलमा कुराकानी गरेर विश्वास दिलाउने गरेका थिए।

‘तिमी एकदमै मन पर्‍यो। प्रेम गरौं। विवाह गरौं,’ ती युवतीलाई झुक्याएर नक्कली डाक्टर जैसीले प्रेम समेत गरेका थिए। उनीहरुबीच विवाह हुने समेत कुराकानी भइसकेको थियो। यसैबीच ती युवतीलाई नक्कली डाक्टरले कौशलटारस्थित आफ्नो कोठामा लैजाने माया प्रेम गरेजस्तो गर्ने समेत गरेका थिए। 

प्रेम सम्बन्धमा रहेको केही समयपछि आफूलाई केही रकम चाहिएको भन्दै पटक पटक गरेर ४० लाख रुपैयाँ ती युवतीबाट नक्कली डाक्टर जैसीले लिएका थिए। उनले मिटररब्याजमा रकम लिएर व्यवसाय गरेकाले तिर्नुपर्‍यो भन्दै रकम मागेपछि पटक पटक गरेर ती युवतीले जैसीलाई ४० लाख रुपैयाँ दिएकी थिइन्। 

पैसा पाएपछि पनि उनीसँग तस्बिर, भिडियो खिच्ने, शारीरिक मानसिक यातना दिन थालेपछि जैसीको बारेमा सोधपुछ गर्दा उनी नक्कली डाक्टर भएको ती युवतीले थाहा पाएकी थिइन्। आफूले भनेको नमाने आत्महत्या गरी मरिदिन्छु भन्दै युवतीलाई ब्ल्याकमेलिङ समेत गर्न थालेपछि उनले प्रहरीमा जाहेरी दिएकी थिइन्। त्यसपछि नक्कली डाक्टर जैसी पक्राउ परेका थिए।

जैसी पक्राउ परेको जानकारी पाएपछि उनीबाट ठगिएको भन्दै प्रहरीमा थप पीडित पुगेका थिए। प्रहरीका अनुसार जैसीले ती युवतीसँगै अर्का युवक जगदीश बमलाई समेत यसैगरी ठगी गरेका थिए। बमलाई जैसीले आफू वीर अस्पतालको ११औं तहको सहसचिव स्तरको डाक्टर भएको र नर्भिकसँगै अरु अस्पतालमा पनि गाइनो (प्रसूति र स्त्री रोग)सम्बन्धी हेर्छु भन्दै विश्वासमा पारेका थिए। 

प्रहरीका अनुसार उनले सानो उमेरै मेहनत गरेकाले सहसचिव भएको र अब चाँडै नै स्वास्थ्य मन्त्रालयको सचिव हुन्छु समेत भनेर नक्कली परिचय दिएर विश्वासमा पार्ने काम गरेका थिए। बंगलादेशबाट एमबीबीए र एमडी गरेको गाइनो स्पेसलिस्ट भएको बताउँदै उनले सापट भन्दै पटक–पटक गरेर २ लाख रुपैयाँ लिएर ठगी गरेको पाइएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अर्की एक युवती शान्ति श्रेष्ठलाई पनि जैसीले यसैगरी ठगी गरेको पाइएको छ। शान्तिलाई जैसीले आफू झापामा औषधि उद्योग चलाउने व्यक्ति भएको र डाक्टर समेत भएको भन्दै नक्कली परिचयपत्र समेत देखाएर ठगी गरेको पाइएको छ। शान्तिबाट जैसीले ५७ लाख ७ हजार रुपैयाँ ठगी गरेको पाइएको छ। उक्त रकम जैसीले आफ्नो सँगै पुण्यप्रसाद जैसीको खातामा हालिलिएका थिए। 

अनिल श्रेष्ठ नाम गरेका व्यक्तिलाई पनि जैसीले वीर अस्पतालको डाक्टर भन्दै ठगी गरेको पाइएको छ। बेतलबी बिदामा बसेकाले तलव नआएको र स्वास्थ्य सामाग्री खरिद गर्न रकम चाहिने बताएका थिए। जैसीले आफू चित्रकला एक्सपोर्ट इम्पोर्ट प्रालि नामक कम्पनीको सञ्चालक तथा शेयरधनी समेत भएकाले कम्पनी सञ्चालनका लागि कोठा चाहिने भन्दै अनिलसँग मासिक साढे ३१ हजार रुपैयाँका दरले ४ वटा कोठा भाडामा लिएका थिए। 

तर २ वर्षसम्म बस्दा समेत १ रुपैयाँ पनि कोठाभाडा नदिइ ५ लाख ३५ हजार ५ सय रुपैयाँ बराबर ठगी गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सीताराम रिजालले जानकारी दिए। 

अर्का हरिश बहादुर चन्द नाम गरेका व्यक्तिलाई पनि जैसीले आफू वीर अस्पतालको १२औं तहको डाक्टर भन्दै ठगी गरेको खुलेको छ। हरिशबाट २ लाख ५३ हजार ६१५ रुपैयाँ ठगी गरेका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अर्का अमरबहादुर बिष्टलाई भने उनले डीएसपी नक्कली डीएसपीको परिचय दिँदै ठगी गरेको खुलेको छ। प्रहरी हवल्दारबाट अवकाश लिइ बसेका बिष्ट पठाओ राइडर बनेका थिए। पठाओ चलाउने क्रममा बिष्टले उनलाई कौशलटारबाट महाराजगञ्ज पुर्‍याएका थिए। सोही क्रममा उनीहरुबीच चिनजान भएको थियो। त्यतिबेला बिष्टलाई जैसीले आफू नेपाल प्रहरी अस्पतालको डाक्टर (प्रहरी निरीक्षक) भएको बताएका थिए। 

केही समयपछि जैसीले अमरलाई फोन गरी आफू डीएसपीमा बढुवा भएको जानकारी समेत गराएका थिए। पछि बैंकको किस्ता तिर्नका लागि २५ हजार ९३० रुपैयाँ चाहिने भन्दै खातामा हाल्न लगाएर ठगी गरेको खुलेको छ। 

यसरी ठगी गरेको पैसाले उनले ४० लाख रुपैयाँ हालेर बागमती प्रदेश ०२७ च २८८४ नम्बरको गाडी किनेर समेत चढेर हिँड्थे। जैसीले ६ जनाबाट १ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको पाइएको प्रहरीले जनाएको छ। यो ठगी प्रकरणमा जैसीसँगै बिरबल तामाङ र पुण्यप्रसाद जैसी समेतको संलग्नता रहेको भन्दै उनीहरुलाई पनि प्रतिवादी बनाइएको छ। उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को उपदफा (१) र उपदफा (२) बमोजिमको कसुरमा मुद्दा दर्ता गरिएको छ। 

विष सेवनमार्फत् २ प्रेमिकाको आत्महत्या
अहिले ठगी आरोपमा मुद्दा चलेका जैसी यसअघि भने दुई प्रेमिकाको आत्महत्या दुरुत्साहनमा ६ वर्ष जेल बसेका व्यक्ति भएको खुलेको छ। प्रहरी अनुसन्धानबाट खुलेअनुसार यसअघि २०७० सालमा कैलालीको धनगढीमा कलेज पढ्दा जैसीले एकसाथ २ प्रेमिका बनाएका थिए। २ जनासँगको प्रेमबारे एक–अर्की प्रेमिकाले थाहा पाएपछि विवादले चरम रुप लियो। त्यसपछि जैसीले आइडिया निकालेछन्– तीनै जना सँगै विष पिएर आम्हत्या गरौं।

उनले दुई जनै प्रेमिकालाई विष सेवन गराए। तर आफूले भने नक्कली विष पिए। २ प्रेमिकाको विष सेवनबाट मृत्यु भयो। उक्त घटनामा जैसी ६ वर्ष जेल बसेर छुटेका व्यक्ति भएको परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले बताए।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १२:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कहाँ छन् रवि लामिछाने?
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ?
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
सम्बन्धित सामग्री
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु डुङ्गा चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । आइतबार, कात्तिक ८, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्