• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

विष सेवनबाट २ प्रेमिकाको आत्महत्या गराउने जैसी: नक्कली डाक्टर बनेर मेडिकल क्षेत्रकी युवतीबाट १ करोड ठगी

64x64
नेपाल लाइभ सोमबार, साउन १, २०८०  १२:३४
1140x725

काठमाडौं– नक्कली डाक्टर र डीएसपी बनेर ठगी धन्दा चलाउँदै आएका युवाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। नक्कली डाक्टर र डीएसपी बनेर ठगी गर्ने कञ्चनपुर घर भएका बलराम भनेर चिनिने २७ वर्षीय मातृका प्रसाद जैसीविरुद्ध ठगी मुद्दा दायर भएको हो। 

विभिन्न युवती तथा युवाहरुबाट उनले १ करोड ७ लाख ३८ हजार रुपैयाँ ठगी गरेको भन्दै सोहीअनुसार बिगो कायम गर्दै अदालतमा मुद्दा दायर भएको छ। जैसीलाई ठगी आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गत असार ७ गते पक्राउ गरेको थियो। 

उनले ललितपुरमा क्लिनिक सञ्चालन गर्ने एक युवतीलाई नक्कली डाक्टर बनेर ठगी गरेका थिए। आफू वीर अस्पतालको १२औं तहको डाक्टर भएको बताउँदै एप्रोन लगाएर युवतीसँग भिडियो कलमा कुराकानी गरेर विश्वास दिलाउने गरेका थिए।

‘तिमी एकदमै मन पर्‍यो। प्रेम गरौं। विवाह गरौं,’ ती युवतीलाई झुक्याएर नक्कली डाक्टर जैसीले प्रेम समेत गरेका थिए। उनीहरुबीच विवाह हुने समेत कुराकानी भइसकेको थियो। यसैबीच ती युवतीलाई नक्कली डाक्टरले कौशलटारस्थित आफ्नो कोठामा लैजाने माया प्रेम गरेजस्तो गर्ने समेत गरेका थिए। 

प्रेम सम्बन्धमा रहेको केही समयपछि आफूलाई केही रकम चाहिएको भन्दै पटक पटक गरेर ४० लाख रुपैयाँ ती युवतीबाट नक्कली डाक्टर जैसीले लिएका थिए। उनले मिटररब्याजमा रकम लिएर व्यवसाय गरेकाले तिर्नुपर्‍यो भन्दै रकम मागेपछि पटक पटक गरेर ती युवतीले जैसीलाई ४० लाख रुपैयाँ दिएकी थिइन्। 

पैसा पाएपछि पनि उनीसँग तस्बिर, भिडियो खिच्ने, शारीरिक मानसिक यातना दिन थालेपछि जैसीको बारेमा सोधपुछ गर्दा उनी नक्कली डाक्टर भएको ती युवतीले थाहा पाएकी थिइन्। आफूले भनेको नमाने आत्महत्या गरी मरिदिन्छु भन्दै युवतीलाई ब्ल्याकमेलिङ समेत गर्न थालेपछि उनले प्रहरीमा जाहेरी दिएकी थिइन्। त्यसपछि नक्कली डाक्टर जैसी पक्राउ परेका थिए।

जैसी पक्राउ परेको जानकारी पाएपछि उनीबाट ठगिएको भन्दै प्रहरीमा थप पीडित पुगेका थिए। प्रहरीका अनुसार जैसीले ती युवतीसँगै अर्का युवक जगदीश बमलाई समेत यसैगरी ठगी गरेका थिए। बमलाई जैसीले आफू वीर अस्पतालको ११औं तहको सहसचिव स्तरको डाक्टर भएको र नर्भिकसँगै अरु अस्पतालमा पनि गाइनो (प्रसूति र स्त्री रोग)सम्बन्धी हेर्छु भन्दै विश्वासमा पारेका थिए। 

प्रहरीका अनुसार उनले सानो उमेरै मेहनत गरेकाले सहसचिव भएको र अब चाँडै नै स्वास्थ्य मन्त्रालयको सचिव हुन्छु समेत भनेर नक्कली परिचय दिएर विश्वासमा पार्ने काम गरेका थिए। बंगलादेशबाट एमबीबीए र एमडी गरेको गाइनो स्पेसलिस्ट भएको बताउँदै उनले सापट भन्दै पटक–पटक गरेर २ लाख रुपैयाँ लिएर ठगी गरेको पाइएको छ। 

nimb
nimb

अर्की एक युवती शान्ति श्रेष्ठलाई पनि जैसीले यसैगरी ठगी गरेको पाइएको छ। शान्तिलाई जैसीले आफू झापामा औषधि उद्योग चलाउने व्यक्ति भएको र डाक्टर समेत भएको भन्दै नक्कली परिचयपत्र समेत देखाएर ठगी गरेको पाइएको छ। शान्तिबाट जैसीले ५७ लाख ७ हजार रुपैयाँ ठगी गरेको पाइएको छ। उक्त रकम जैसीले आफ्नो सँगै पुण्यप्रसाद जैसीको खातामा हालिलिएका थिए। 

अनिल श्रेष्ठ नाम गरेका व्यक्तिलाई पनि जैसीले वीर अस्पतालको डाक्टर भन्दै ठगी गरेको पाइएको छ। बेतलबी बिदामा बसेकाले तलव नआएको र स्वास्थ्य सामाग्री खरिद गर्न रकम चाहिने बताएका थिए। जैसीले आफू चित्रकला एक्सपोर्ट इम्पोर्ट प्रालि नामक कम्पनीको सञ्चालक तथा शेयरधनी समेत भएकाले कम्पनी सञ्चालनका लागि कोठा चाहिने भन्दै अनिलसँग मासिक साढे ३१ हजार रुपैयाँका दरले ४ वटा कोठा भाडामा लिएका थिए। 

तर २ वर्षसम्म बस्दा समेत १ रुपैयाँ पनि कोठाभाडा नदिइ ५ लाख ३५ हजार ५ सय रुपैयाँ बराबर ठगी गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सीताराम रिजालले जानकारी दिए। 

अर्का हरिश बहादुर चन्द नाम गरेका व्यक्तिलाई पनि जैसीले आफू वीर अस्पतालको १२औं तहको डाक्टर भन्दै ठगी गरेको खुलेको छ। हरिशबाट २ लाख ५३ हजार ६१५ रुपैयाँ ठगी गरेका थिए। 

अर्का अमरबहादुर बिष्टलाई भने उनले डीएसपी नक्कली डीएसपीको परिचय दिँदै ठगी गरेको खुलेको छ। प्रहरी हवल्दारबाट अवकाश लिइ बसेका बिष्ट पठाओ राइडर बनेका थिए। पठाओ चलाउने क्रममा बिष्टले उनलाई कौशलटारबाट महाराजगञ्ज पुर्‍याएका थिए। सोही क्रममा उनीहरुबीच चिनजान भएको थियो। त्यतिबेला बिष्टलाई जैसीले आफू नेपाल प्रहरी अस्पतालको डाक्टर (प्रहरी निरीक्षक) भएको बताएका थिए। 

केही समयपछि जैसीले अमरलाई फोन गरी आफू डीएसपीमा बढुवा भएको जानकारी समेत गराएका थिए। पछि बैंकको किस्ता तिर्नका लागि २५ हजार ९३० रुपैयाँ चाहिने भन्दै खातामा हाल्न लगाएर ठगी गरेको खुलेको छ। 

यसरी ठगी गरेको पैसाले उनले ४० लाख रुपैयाँ हालेर बागमती प्रदेश ०२७ च २८८४ नम्बरको गाडी किनेर समेत चढेर हिँड्थे। जैसीले ६ जनाबाट १ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको पाइएको प्रहरीले जनाएको छ। यो ठगी प्रकरणमा जैसीसँगै बिरबल तामाङ र पुण्यप्रसाद जैसी समेतको संलग्नता रहेको भन्दै उनीहरुलाई पनि प्रतिवादी बनाइएको छ। उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को उपदफा (१) र उपदफा (२) बमोजिमको कसुरमा मुद्दा दर्ता गरिएको छ। 

विष सेवनमार्फत् २ प्रेमिकाको आत्महत्या
अहिले ठगी आरोपमा मुद्दा चलेका जैसी यसअघि भने दुई प्रेमिकाको आत्महत्या दुरुत्साहनमा ६ वर्ष जेल बसेका व्यक्ति भएको खुलेको छ। प्रहरी अनुसन्धानबाट खुलेअनुसार यसअघि २०७० सालमा कैलालीको धनगढीमा कलेज पढ्दा जैसीले एकसाथ २ प्रेमिका बनाएका थिए। २ जनासँगको प्रेमबारे एक–अर्की प्रेमिकाले थाहा पाएपछि विवादले चरम रुप लियो। त्यसपछि जैसीले आइडिया निकालेछन्– तीनै जना सँगै विष पिएर आम्हत्या गरौं।

उनले दुई जनै प्रेमिकालाई विष सेवन गराए। तर आफूले भने नक्कली विष पिए। २ प्रेमिकाको विष सेवनबाट मृत्यु भयो। उक्त घटनामा जैसी ६ वर्ष जेल बसेर छुटेका व्यक्ति भएको परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले बताए।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १२:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फेरि बाढी आउनसक्ने चीनको सूचनापछि धादिङ प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह
अप्पर त्रिशुली हाइड्रोको टनेलमा फसेका ३५० सहित सेनाद्वारा ८८३ जनाको उद्धार
भीषण बाढीका कारण थप पत्रकार परिवारसहित सम्पर्कविहीन : खोजी र उद्धारका लागि माग
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
फेरि बाढी आउनसक्ने चीनको सूचनापछि धादिङ प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह बिहीबार, भदौ ११, २०८३
अप्पर त्रिशुली हाइड्रोको टनेलमा फसेका ३५० सहित सेनाद्वारा ८८३ जनाको उद्धार बिहीबार, भदौ ११, २०८३
भीषण बाढीका कारण थप पत्रकार परिवारसहित सम्पर्कविहीन : खोजी र उद्धारका लागि माग बिहीबार, भदौ ११, २०८३
रसुवा बाढी : अहिलेसम्म ३८९ शव फेला, सबैभन्दा बढी चितवनमा १३७ भेटिए बिहीबार, भदौ ११, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्