काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा १५ लाख रुपैयाँ धरौटीमा छुटेका केशव तुलाधरलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नियन्त्रणमा लिएको छ। तुलाधरको कनेक्सन ललिता निवास प्रकरणमा देखिएपछि उनलाई प्रहरीले पक्राउ गरी सीआईबीलाई बुझाएको हो।
ललिता निवास जग्गा प्रकरणमा उनको शंकास्पद भूमिका देखिएपछि आइतबार उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई बुझाइएको हो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा तुलाधरविरूद्ध काठमाडौं जिल्ला अदालतले १५ लाख धरौटी माग थियो। ललिता निवासको झण्डै २ रोपनी जग्गा तुलाधरको नाममा देखिएको स्रोतले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।