बलिउडमा केही यस्ता फिल्म छन्, जसले गिनिज बुक अफ वर्ल्ड रेकर्ड राखेका छन्। ती फिल्मबारे यहाँ चर्चा गरिनेछ।
लभ एण्ड गड : सञ्जीव कुमार, निम्मी र प्राण अभिनित फिल्म भारतीय सिनेमाको अचम्मको फिल्म मध्ये एक हो, किनभने यसलाई निर्माण हुन २३ वर्ष लाग्यो। यो फिल्मको नाम गिनिज वर्ल्ड रेकर्डमा छ।
कहो ना प्यार है : ऋतिक रोशन र अमिषा पटेल स्टारर यो फिल्म सन् २००० मा रिलिज भएको थियो। राकेश रोशन निर्देशित ‘कहो ना प्यार है’ ले सबै रेकर्ड तोड्यो। फिल्मको नाममा करिब ९२ अवार्ड दर्ता छन्। जसका कारण फिल्मको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ।
यादें : सुनील दत्त अभिनित 'यादें' एक मात्र फिल्म हो जसमा एक मात्र अभिनेता (सुनिल दत्त) छन्। यो फिल्मलाई सुनिल दत्तले पनि निर्देशन गरेका हुन्। फिल्ममा एक मात्र स्टार भएका कारण यसको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा छ।
पिके : आमिर खान, अनुष्का शर्मा र सुशान्त सिंह राजपूत अभिनित २०१७को फिल्म ‘पिके’ले विदेशमा सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड राखेको छ।
थ्री इडियट्स : आमिर खान, शरमन जोशी र आर माधवन स्टारर फिल्म ‘थ्री इडियट्स’ देशको उत्कृष्ट फिल्महरू मध्ये एक हो। यस फिल्मको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा पनि परेको छ, जसको कारण फिल्मको संग्रह हो।
बाहुबली : प्रभास स्टारर यो फिल्म कथा, कमाइ वा अन्य कुनै कारणले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा परेको हैन। बाहुबलीको ५० हजार स्क्वायर फिटको पोस्टर बनाइएको कारण यसले रेकर्ड राखेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।