काठमाडौं– सलमान खानले आशिकी स्टार राहुल रोयलाई ब्रेन स्टोकको उपचारका लागि आर्थिक सहयोग गरेका छन्।
उनी फिल्म क्षेत्रसँग जोडिएका व्यक्तिहरूलाई सहयोग गर्ने कुरामा उदार मानिन्छन्।
रोयलाई २०२०ामा ब्रेन स्ट्रोक भएको थियो। सलमानले रोयको उपचारमा खर्च भएको मेडिकल बिल भुक्तानी गरेका थिए। राहुलकी बहिनी सोल सिस्टर प्रियंक अर्थात हरि माताले यो सहयोगको खुलेर प्रशंसा गरिन्।
उनले सलमान खान फिल्म उद्योगको रत्न भएको बताइन्।
‘म सलमान खानलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु,’ उनले भनिन्।
सलमानले राहुललाई फोन गरेर सहयोग गर्ने बताएका थिए। सन् २०२०मा कारगिलको एलओसीको सुटिङका दौरान राहुलको ब्रेन स्टोक भएको थियो। उनलाई तत्काल त्यहीँबाट अस्पताल लगिएको थियो। जहाँ उनको मस्तिस्क र पक्षघातको परिक्षण समेत गरियो।
अस्पतालको जाँचपछि रायको मस्तिष्कमा रगत जमेको पाइएको थियो। उनलाई मुम्बईकै नानावती अस्पतालमा भर्ना गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।