काठमाडौं- नाबालिगलाई क्लबमा प्रवेश गराएको आरोपमा पक्राउ परेका एलओडी क्लबका सञ्चालकद्वय छुटेका छन्। उनीहरुलाई हाजिरी जमानीमा छाडिएको प्रहरीले जनाएको छ।
एलओडीमा प्रवेश गरेकी एक नाबालिग त्यहाँबाट निस्केपछि बलात्कृत भएकी थिइन्। त्यसपछि प्रहरीले सञ्चालकद्वय रुदिलबल्लभ श्रेष्ठ र राजुसिंह सुवाललाई पक्राउ गरेको थियो।
सरकारी वकिलको अनुमतिमा उनीहरुलाई हाजिरी जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी सीताराम रिजालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।