काठमाडौं– सशस्त्र प्रहरी बलले नयाँ भर्नाका लागि दरखास्त आह्वान गरेको छ। खुला तथा समावेशी व्यवस्थाअनुसार सशस्त्र प्रहरी जवानका लागि दरखास्त आह्वान गरेको हो।
सशस्त्र प्रहरी बलले खुला ५०२, अमर तथा अशक्त सशस्त्र प्रहरी कर्मचारी सन्ततिका लागि १९ र समावेशीतर्फ महिला ८२, आदिवासी जनजाति १३२, मधेसी ११५, दलित ६२ र पिछडिएको क्षेत्र २० गरी ९३२ जना जवानका लागि दरखास्त आह्वान गरेको हो।
सशस्त्र प्रहरी बलको मानव स्रोत निर्देशनालयका अनुसार प्रहरी जवानका लागि अनलाइन तथा कार्यालयमा उपस्थित भएर दरखास्त आह्वान दिन सकिनेछ। अनलाइन दरखास्त आह्वानका लागि सशस्त्र प्रहरी बलको बेवसाइटमा विस्तृत उल्लेख हुने जनाइएको छ।
सशस्त्र प्रहरी बलले असार २९ गते (शुक्रबार)देखि साउन २८ गतेसम्म दरखास्त पेस गर्न सकिने जनाएको छ। दोब्बर दस्तुर बुझाइ साउन २९ गतेदेखि भदौ ३ गतेसम्म दरखास्त बुझाउन सकिनेछ।
यस्तो छ दरखास्त आह्वानको विस्तृत विवरण:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।