नेपालगन्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहस्थित शर्मा गल्लीबाट एक जनालाई २० लाख नेपाली रुपैयाँसहित नियन्त्रणमा लिएको छ।
सोही उपमहानगरपालिकाको जयसपुर बस्ने २० वर्षीय सोहेल कुरेशीलाई प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाहले उल्लेखित रुपैयाँसहित नियन्त्रणमा लिएको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेका कुरेशी चढेको मोटरसाइकल चेक जाँच गर्ने क्रममा चालक भने मोटरसाइकलसहित भागेका थिए।
मोटरसाइकलको पछाडी बसेका कुरेशीले बोकेको सो रकमको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका कुरेशीलाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागि नेपालगन्ज भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।