काठमाडौं– असारको २४ गतेबाट छायांकन प्रारम्भ भएको फिल्म ‘हात्तीछाप’को सेटबाट नायक सौगात मल्लको लुक्स बाहिरिएको छ।
सौगात मल्ल राजा अवतारमा देखिएका छन्। निर्माता किरण नेपालीका अनुसार फिल्मको सेटमा नायक सौगात मल्ल र नायिका उपासना सिंह ठकुरी आजबाट जोडिएका छन्।
फिल्मको पहिलो दिन नायक दयाहाङ राई र कलाकार कमलमणी नेपालले टेक दिएका थिए।
प्रदीप भारद्धाजको लेखन रहेको यो फिल्मलाई सिमोस सुनुवारले निर्देशन गरिरहेका छन्। फिल्ममा सुशान्त प्रजापतिको छायांकन छ। सामाजिक कथावस्तुमा बनिरहेको यो फिल्मलाई १५ दिन काठमाडौं र १५ दिन पोखरामा खिचिनेछ।
फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, विल्सन विक्रम राई, कमलमणी नेपाल, राजन खतिवडा, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई, सुष्मा निरौला लगायतको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।