पाकिस्तान– पाकिस्तानको पञ्जाब राज्यमा एउटा तीन तले घरमा बुधबार आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
बुधबार बिहानै पञ्जाबको राजधानी सहर लाहोरमा आगलागी हुँदा परिवारका सबै सदस्य घरभित्र फसेका स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गरी जानकारी गराएका छन्।
प्रहरीका अनुसार पीडित सबैजना घरको पछाडिको कोठामा थुनिएका र आगलागीबाट घर पूर्णतया ध्वस्त हुँदासमेत उम्किने मौका नपाएका हुन्।
मृत्यु हुनेमा सात महिला र दुई बालबालिका रहेका प्रहरी रिपोर्टहरूमा उल्लेख छ। प्रहरीले आगलागीको कारणबारे अनुसन्धान शुरू गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।