वीरगन्ज– पर्साको वीरगन्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेट ईलाकाबाट १५ किलो चरेससहित दुई जना पक्राउ गरेका छन्। सशस्त्र प्रहरी बलले बुधबार १५ किलो चरेस र मोटरसाइकलसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरुमा पटेर्वासुगौली गाउँपालिका ५ बस्ने ३५ वर्षीय सत्यनारायण माझी र ४० वर्षीय प्रलाद माझी रहेका छन्।
बीआर २२ एम ४२०६ नम्बरको मोटरसाइकलको ट्यांकीमा लुकाई छिपाई नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद चरेस र मोटरसाइलकसहित आवश्यक कारबाहीको लागि प्रहरी चौकी ईनर्वा पर्सामा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।