काठमाडौं- १६ वर्षीया किशोरीलाई बन्धक बनाएर राखेको आरोपमा ललितपुरबाट एक युवक पक्राउ परेका छन्। शरीर बन्धक लिन नहुने कसुरमा महांकाल गाउँपालिका–३ बस्ने २० वर्षीय सुमन न्यासुरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
असार २२ गते बेलुकीदेखि १६ वर्षीय किशोरी हराएको भन्ने निवेदन असार २४ गते प्राप्त भएको थियो। खोजीको क्रममा ती किशोरीलाई सुमनले सोही गाउँपालिका–६ स्थित बुद्ध थोकरको घरमा थुनेर राखेको पाइएपछि असार २६ गते इलाका प्रहरी कार्यालय टुंगुनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा सुमनलाई पक्राउ गरेको हो।
उनलाई शरीर बन्धक लिन नहुने मुद्दामा ५ दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ। साथै पीडित किशोरीलाई आफन्तको जिम्मा लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।