काठमाडौं– सिरहामा कार्यरत १ जना प्रहरी जवानलाई हात बाँधेर यातना दिएको भिडियो बाहिरिएको छ। सिरहामा कार्यरत प्रहरी जवान अनु रायको हात बाँधेर यातना दिएको भिडियो बाहिरिएको हो।
जिल्ला प्रहरी कार्यालय सिरहा स्रोतका अनुसार इन्सपेक्टर हेमन्त राईले प्रहरी जवानको हात बाँधेर यातना दिएका हुन्।
प्रहरी आचरण विपरीत काम गरेको र रक्सी पिएको भन्दै जवानलाई गाली गरेको समेत भीडीओमा सुनिन्छ। जवानले भने आफूले रक्सी नपिएको दाबी गर्छन्। त्यसपछि मेडिकल टेस्ट गर्न लैजाने भनिएको भिडियोमा सुनिन्छ।
उक्त भिडियो बाहिरिएपछि यसमाथि छानबिन भइरहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
मधेस प्रदेश प्रहरी कार्यालयका डीआईजी जनकराज भट्टराईले भने, ‘भिडियो मैले पनि भर्खर प्राप्त गरेँ। यसबारे के कसो भएको हो भन्नेबारे हामीले आन्तरिक रुपमा बुझ्न सुरु गरेका छौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।