काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको शव नर्भिक अस्पतालबाट पार्टी कार्यालय पेरिसडाँडा, कोटेश्वर पुर्याइएको छ।
नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार दाहालको बुधबार बिहान ८:३३ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
1689142019.jpg)
दाहालको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।
त्यसअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिएको हो।
श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा शव राखिने र दिउँसो २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने जानकारी सचिवालयले दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।