• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्रचण्डपत्नी सीतालाई भएको पिएसपी: विश्वका अनेक अस्पतालमा पुर्‍याउँदा पनि हुन सकेन उपचार

64x64
नेपाल लाइभ बुधबार, असार २७, २०८०  ०९:४७
1140x725

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधन भएको छ। दाहाल लामो समयदेखि प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी)बाट ग्रसित थिइन्। केही वर्षदेखि उक्त रोगसँग जुझिरहेकी सीताको नेपालका साथै अमेरिका र भारतका विभिन्न अस्पताल पुर्‍याएर उपचार गरिएको थियो।

तर, विश्वका नाम चलेका अस्पतालमा उपचार गर्दा समेत उनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भएन।  नेपालका स्नायुरोग विशेषज्ञहरुले दिएको जानकारी अनुसार यो एक मस्तिष्कमा लाग्ने रोग हो। जसलाई विश्वको चिकित्सा विज्ञानले पूर्ण रुपमा निको पार्ने उपाय अझै पत्ता लगाइसकेको छैन। 

मस्तिष्कका विभिन्न रोग तथा समस्याहरुमध्ये प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी) पनि एक हो। यो रोग निकै कम मानिसमा देखिने गर्दछ। तर, पछिल्लो समयमा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढेसँगै पिएसपीको समस्या भएका बिरामीसमेत आउन थालेका छन्।

ग्रान्डी अस्पतालका कन्सलट्यान्ट न्युरोलोजिस्ट डा राजु पौडेलका अनुसार सामान्यतय झट्ट हेर्दा पिएसपीको अधिकांश लक्षण मष्तिष्कको अर्को रोग पार्किन्सन्ससँग धेरै मिल्दोजुल्दो हुन्छ। तर, यो समस्या पार्किन्सभन्दा फरक हो। 

‘रोग लाग्दाको सुरुवाती लक्षणमा पार्किन्सन्स, अल्जाइमर्स, मोटर न्यूरोन जस्ता रोगको लक्षणसँग मेल खाने हुँदा चिकित्सक तथा स्वास्थ्यकर्मी समेत झुक्किने गर्दछन्। जसले गर्दा पिएसपीको गलत ‘डाइग्नोसिस’ हुँदा औषधि तथा उपचार समेत पार्किन्सन्स वा अन्य समस्याको हुने गर्छ,’ उनले भने।

डा पौडेलका अनुसार पिएसपीमा पार्किन्ससन्सको औषधि दिँदा बिरामीलाई झन् साइड इफेक्ट हुन सक्छ। त्यसकारण बिरामीको मस्तिष्कको राम्रोसँग सिटी स्क्यान, एमआरआई वा अन्य आवश्यक परीक्षणपछि मात्र बिरामीलाई आवश्यक औषधिहरु दिनु पर्दछ।

नेपालमा यस रोगका बिरामी कति छन् भन्ने यकिन तथ्यांक छैन। तर, उपचारमा आउने बिरामीको संख्या भने बिस्तारै बढ्दै गइरहेको डा पौडेलले जानकारी दिए। सामान्यतया यो रोग वृद्धावस्थामा लाग्ने गर्दछ। यस रोगमा मस्तिष्कको कार्यमा गडबडी आइ मानिसको मांसपेशीको चालमा अवरोध सिर्जना हुन्छ। मस्तिष्कका नसाहरु बिस्तारै मर्दै जाँदा उत्पन्न हुने समस्या नै पिएसपी हो।

विशेषगरी यो रोग लागेपछि मानिसको शारीरिक सन्तुलन बिग्रन्छ, आँखाको दृष्टिमा असर गर्छ, बोली अस्पष्ट हुन्छ भने खानेकुरा निल्न समेत समस्या हुने डा पौडेलले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘मस्तिष्कमा भएको स्नायु कोषले डोपामाइन नामक महत्त्वपूर्ण रसायन उत्पादन गर्ने गर्छ। यसले मस्तिष्कमा आवश्यक संकेत तथा निर्देशन पठाइ शरीरका विभिन्न भागका मांसपेशीको गति नियन्त्रण गर्ने काम गर्छ,’ उनले भने, ‘साधारण अवस्थामा मस्तिष्कबाट प्राप्त निर्देशनअनुसार मांसपेशीको गतिमा नियन्त्रण भइ शरीरका विभिन्न अंगले सन्तुलित कार्य गर्न सक्छन्। तर पिएसपी भएपछि डोपामिन उत्पादन नै बन्द हुन्छ र मस्तिष्कको उक्त ठाउँ बिस्तारै सुक्दै जान्छ। यसरी स्नायुकोष निस्क्रिय हुँदै जान्छ।’

स्नायु रोग विशेषज्ञ डाक्टरहरुको विश्व संगठन ‘वर्ल्ड फेडेरेसन अफ न्युरोलोजी’का अनुसार पिएसपीको सुरुवाती अवस्थामा बिर्सन थाल्ने, सन्तुलन बिग्रने, अनावश्यक रुपमा लड्ने, विशेषगरी पछाडिपट्टि लड्ने लक्षण हुन्छ। यस्तै शरीर अररो भइ आँखा दृष्टिमा असर गर्छ। आँखाको नानी दायाँबायाँ मात्र सर्ने र हेर्न मिल्ने हुन्छ तर तल र माथि हेर्न सकिँदैन। चम्किलो उज्यालोमा हेर्न मन नलाग्ने हुन्छ। तर, पार्किन्सन्समा तलमाथि पनि हेर्न सकिन्छ। 

पिएसपी र पार्किन्सस छुट्याउने सबैभन्दा मुख्य आधार आँखाको हेराइ पनि हो। तलमाथि हेर्न नसक्ने समस्या छ भने त्यो पिएसपी भनेर बुझ्न सकिन्छ। पिएसपीमा सुस्तपना आउने, काम्ने, शरीर कडा हुने र हिँडडुल गर्न समस्या पनि हुन्छ। शरीर हुत्तिएको जस्तो गरी हिँड्ने खालको लक्षण हुन्छ। शरीर अरठ्ठो भएर आउने, घाँटीसमेत अररो हुने, बोली नबुझिने हुन्छ। हिँड्दा मान्छे ड्याङ्ग पछाडिपट्टि लड्ने गर्दछन्। केही मानिसहरुमा डिप्रेसन, उदासीपन, निराशासमेत पैदा हुन्छ। 

यो रोग पूर्ण रुपमा निको हुँदैन । यसका लागि औषधि नै प्रमुख उपचार भए पनि बिरामीको दैनिक भोजन पोषिलो एवम् सन्तुलित हुन नितान्त आवश्यक हुन्छ। यसका साथै आवश्यकता अनुसार फिजियोथेरापीसमेत गर्नुपर्ने हुन्छ।

Xtrem

Xtrem

पार्किन्सनमा औषधिले राम्रो काम गर्छ। विशेषगरी पार्किन्सन्सको औषधिले ८/९ वर्षसम्म काम गर्छ, तर पिएसपीमा एक-दुई वर्षसम्म मात्र औषधिले काम गर्छ। पिएसपी भएका मानिसहरुको हेरचाह र आत्मबलका आधारमा बिरामीको आयु लम्बिने हुन्छ। पिएसपी भएकालाई उचित हेरचाह नगर्ने हो भने लडेर टाउको तथा अन्य भागमा ठोक्किने खतरा भने अत्यधिक रहन्छ। खानेकुरा निल्न समस्या हुने हुँदा सर्केर ज्यान जाने खतरा पनि हुन्छ। त्यसकारण खाना खुवाँउदा विशेष ध्यान दिन आवश्यक हुन्छ।

सुरुवाती लक्षणमा नै उचित उपचार गर्ने र हेरचाह राम्रो हुने हो भने बिरामीलाई लामो समयसम्म सहज वातावरणमा राख्न सकिन्छ। विशेषगरी लडेर चोटपटक नलागोस भन्नका लागि भुइँ तथा भित्तामा म्याट्रेस वा चोटपटक नलाग्ने वस्तुहरु राख्नुपर्छ। शौचालयलाई चिप्लो बनाउनु हुँदैन। सबैभन्दा राम्रो त बिरामीसँग एक वा अन्य कोही मानिस बसिरहनुपर्छ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०९:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन्। बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बिहीबार, असोज १५, २०८३
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्