काठमाडौं– नेकपा माओवादी केन्द्रका सल्लाहकार एवं पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको बुधबार बिहान निधन भएको छ।
दाहालको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।
त्यसअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने बताइएको छ।
बिहान ११ बजेदेखि १ बजेसम्म त्यहाँ राखिने र दिउँसो २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने जानकारी सचिवालयले दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।