काठमाडौं– सभामुख देवराज घिमिरेले हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
मंगलबार सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन-एएमभी कलसाइन रहेको हेलिकोप्टर लिखुपिके गाउँपालिका-५ को लामजुरा क्षेत्रमा दुर्घटना भएको थियो।
उक्त दुर्घटनामा क्याप्टेन चेतबहादुर गुरुङ र ५ जना मेक्सिकन यात्रुको मृत्यु भएको छ। सभामुख घिमिरेले उक्त दुर्घटनाका कारण अत्यन्तै दुखी भएको बताएका छन्।
उनले भनेका छन्, ‘यस अकल्पनीय दुर्घटनामा जीवन गुमाउनुहुने क्याप्टेन गुरुङ र यात्रुहरुप्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।