काठमाडौँ– आगामी शनिबार बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘सावित्रीको बाख्रो’मञ्चन हुने भएको छ।
नाटकलाई युवा रंगकर्मी हिमाल भुजेलले निर्देशन गर्दैछन्। कथाकार भवानी भिक्षुको मनोवैज्ञानिक कथा ‘सावित्रीको बाख्रो’लाई हिमालले नै नाट्य रुपान्तरण गरेका हुन्। नाटक असार ३० गते साँझ साढे ५ बजेबाट मञ्चन हुनेछ।
हिमालले शिल्पी थिएटरबाट ‘हिउँको पृथ्वी यात्रा’, ‘साना साना सपना, ‘ठूला माछा साना माछा’ लगायतका थुप्रै चर्चित नाटकमा अभिनय गरिसकेका छन्।
यसअघि शिल्पीमा युवा रंगमर्की ज्याक सेभेन्टिनको निर्देशनमा विश्वेश्वरप्रसाद कोइरालाको कथामा आधारित नाटक ‘मधेशतिर’ र गोविन्द ओलीको निर्देशनमा कुमार नगरकोटीको कथा ‘मेटाफिजिक्स’मा आधारित नाटक ‘मेटाफिजिक्स’ मञ्चन भएको थियो।
नाटक ‘सावित्रीको बाख्रो’को टिकट मूल्य २ सय रहेको छ। विद्यार्थीका लागि १ सय छुट रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।