काठमाडौं- कागेश्वरी मनोहरा नगरपालिका– १ गागलफेदीको श्री सिद्धिगणेश माविका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्ष घुससहित रंगेहात पक्राउ परेका छन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार थापा र प्रधानाध्यापक बुद्धिविलास रिजाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुसहित रंगेहात पक्राउ गरेको हो।
शिक्षक छनोट प्रक्रियामा १६ हजार रुपैयाँ घुस लिएको पाइएपछि पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।