मेडिकल व्यवसायी दुर्गा प्रसाईं (फाइल तस्बिर)
काठमाडौं– झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धम्क्याउँदै २० करोड रुपैयाँ मागेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंबाट १ जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्ने व्यक्तिको नाम रमेश गुरुङ रहेको सीआईबी स्रोतले जनाएको छ। यसबारे थप अनुसन्धान भइरहेको र व्यवसायी प्रसाईं उजुरी गर्न सीआईबी पुगेको स्रोतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।