नेपालगञ्ज – बाँकेको कुसुमस्थित लौकीखोला पुल नजिकै मंगलबार बिहान यात्रुबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ४ ख ८२५५ नम्बरको बस बिहान पौने १० बजेतिर दुर्घटना हुँदा दुई पुरुष र एक महिलाको मृत्यु भएको छ भने १३ जना घाइते भएको जानकारी प्रहरीले दिएको छ । मृतकमध्ये दुई जनाको मात्र सनाखत भएको छ । मृत्यु हुनेमा नेपाली सेनाको सूर्यदल गण विराटनगरमा कार्यरत सिपाही रविन्द्र पाण्डे र बैतडी रुद्रेश्वरी ४ की ४२ वर्षीया बाहिनी बोहरा छन् । एक पुरुषको परिचय खुलेको छैन।
घाइतेहरुको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । बसमा जम्मा १७ यात्रु सवार थिए।
दुर्घटनापछि स्थानीय बासिन्दा, नेपाल प्रहरी र बाँके निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको श्री मेयर गणका सैनिकहरुले घाइतेहरुको उद्धार गरेका थिए।
बस दर्घटना अपडेट मृतक मध्ये २ जनाको सनाखत भयो सनाखत हुनेमा बैतडी रुद्रेश्बरी ४ कि ४२ बषिर्य बाहिनी बोहरा र थप एक जना पुरुषको सनाखत हुन सकेको छैन ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।