काठमाडौं– फिल्म ‘हात्तीछाप’को आजबाट छायांकन सुरु भएको छ। बालकुमारमा रहेको एक ग्यारेजबाट फिल्मको छायांकन सुरु भएको हो। छायांकन अगाडि फिल्मका कलाकारहरुले क्यामेरा पूजा गरेका थिए।
किरण नेपालीको निर्माण तथा सिमोस सुनुवारको निर्देशनमा तयार हुन लागेको फिल्मको सुटिङ एक महिनासम्म हुने जनाइएको छ। फिल्मको छायांकन १५ दिन काठमाडौं र १५ दिन पोखरामा हुनेछ।
फिल्म ‘हात्तीछाप’मा प्रदीप भारद्धाजको लेखन, सुशान्त प्रजापतिको छायांकन छ। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, विल्सन विक्रम राई, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई लगायतका कलाकारको अभिनय रहनेछ।
नायिका बेनिशा हमालले पहिलो पटक दयाहाङ राईसँग काम गर्न पाउँदा आफू अत्यन्तै उत्साहित रहेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।