• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

छालाको समस्या: बजारमा पाउने क्रिम लगाउँदैमा निको हुन्छ? 

डा अभिषेक अर्जेल आइतबार, असार २४, २०८०  १०:००
1140x725

छाला मानव शरीरको सबैभन्दा ठूलो अंग हो। त्यस कारण छालामा धेरै किसिमका रोग लाग्ने सम्भावना उच्च हुन्छ। छालामा नङ, कपाल र सौन्दर्य पनि पर्छ। नेपालगञ्जमा कार्यरत भएकोले मेरो अनुभवमा प्रायः यस क्षेत्रमा डन्डिफोर, चाया–पोतो चाउरीपना, घामले डढेको, दादको समस्या, सोराइसिस, छालामा आउने एलर्जीसम्बन्धी बिरामीको चाप बढी छ। सौन्दर्यसम्बन्धी समस्यामध्ये चाया–पोतोको समस्या लिएर बढी बिरामीहरू आउने गर्छन्। त्यसपछि डन्डिफोरका बिरामी बढी आउँछन्। त्यसपछि चाउरीपना र घामले डढेका बिरामीहरू आउँछन्।

नेपालको सन्दर्भमा सौन्दर्यको विषयमा पुरुषको तुलनामा महिलाहरू अलिक बढी चासो देखाउने भएकाले छालाका समस्या लिएर अस्पताल आइपुग्नेहरू प्रायः महिला नै छन्। यो क्षेत्रमा पहिलेको तुलनामा अहिले महिलाले बढी छालाको ख्याल राख्न थालेको जस्तो लाग्छ। प्रायः २० देखि ४० वर्ष उमेर समूहका बिरामीको चाप बढी हुने गरेको छ। आजकल आफूखुसी क्रिम लगाएर अस्पताल आइपुग्ने बिरामीको संख्या पनि बढ्दो क्रममा छ। यहाँ केही वर्ष अघिसम्म पनि छालासम्बन्धी चिकित्सक नभएको र सौन्दर्य प्राक्टिस गर्ने छालाका चिकित्सक नभएको हुनाले प्रायः मान्छेले पार्लरमा गएर, पसलबाट या बजारमा पाइने क्रिमहरू जथाभावी प्रयोग गरेको भेटिन्छ।

बजारमा पाइने स्टोराइड मिसिएको क्रिम लगाउँदा छाला पातलो हुने, रगतको नसाहरू देखिने, पछि गएर अनुहार झन् कालो हुने, अनुहारमा रौँ पलाउने, घाममा जाँदा रातै हुने, पोल्ने, चिलाउने जस्ता समस्याहरू निम्तिन सक्छन्। पहिलेपहिले यस्ता समस्या लिएर धेरै बिरामी आइपुग्थे।

Ncell 2
Ncell 2
nimb
nimb

तर आजकल छालाकै चिकित्सकहरूले पनि सोसल मिडियामार्फत् सन्देशमुलक भिडियोहरू बनाइरहेका हुन्छन्। अन्य माध्यमबाट पनि केही जानकारी भएकाहरूले चिकित्सकको सल्लाहबिना केही सामग्री प्रयोग गर्दैनन्। तर त्यस्ता ज्ञान नभएका र साथीले मैले यस्तो लगाएँ मलाई राम्रो गर्‍यो भनेको भरमा चिकित्सकको सल्लाहबिना क्रिम लगाउँदा छालाको लागि घातक हुन सक्छ। त्यस्ता गलत किसिमका औषधिहरू प्रयोग भएका क्रिमहरू बजारमा सहजै पनि पाइन्छ। त्यस्ता क्रिमहरू लामो समय लगाएर छाला बिगारेर आउने बिरामीहरू धेरै छन्।

छालासम्बन्धी समस्या छ भने नजिकको छालासम्बन्धी चिकित्सकलाई देखाउन जरुरी हुन्छ। चिकित्सकको सल्लाह, सुझावअनुसार मात्रै औषधि या क्रिम प्रयोग गर्नुपर्छ। धेरैजसो मान्छेहरू अनलाइनमा हेरेर यो लगायो राम्रो हुन्छ भनेर किन्ने गर्छन्। कतिले पसलबाट या पार्लरबाट किन्छन्। तर त्यही चिज एकैछिन समय दिएर चिकित्सकलाई देखाउने हो भने अन्य कुनै रोगको कारणले हो या के कारणलेसमस्या भएको हो पत्ता लाग्छ। जसका कारण छालालाई थप असर पर्ने सम्भावना कम हुन्छ।

Xtrem
Xtrem

तर आफूखुसी क्रिम प्रयोग गर्दा छाला ड्यामेज हुने सम्भावना हुन्छ। एक पटक बिग्रिसकेको छाला फेरि उस्तै हुन्छ भन्ने पनि हुँदैन। पछि गएर छाला बिग्रियो भनेर पछुताउनुभन्दा डाक्टरको सल्लाहले क्रिम र अन्य औषधिहरू प्रयोग गर्नुपर्छ। चिकित्सकको सल्लाहअनुसार आफूलाई कुन राम्रो हुन्छ, त्यहीअनुसार लामो समयसम्म लगाउने गरी क्रिम फिक्स गर्नुपर्छ।

हामीले जस्तोसुकै अवस्थामा पनि नियमित आधारभूत स्किन केयर चाहिँ गर्नुपर्छ। जसमा फेसवास, सनस्क्रिन र मोस्टराइजरको कुरा आउँछ। राति सुत्नुअघि नियमित फेसवासले मुख धुनुपर्छ र थोरै मोस्टराइजर लगाएर सुत्नुपर्छ। बिहान पनि फेसवास गरिसकेपछि मोस्टराइजर लगाउनुपर्छ। त्यसपछि घामको किरणबाट बच्न कम्तीमा दिनमा तीन पटक सनस्क्रिन लगाउनुपर्छ। करिब ३/३ घण्टाको ग्याप गरेर बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म सनस्क्रिन लगाउन जरुरी हुन्छ।

(डा अर्जेल नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत छन्।)

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलत्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलत्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्