• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

छालाको समस्या: बजारमा पाउने क्रिम लगाउँदैमा निको हुन्छ? 

डा अभिषेक अर्जेल आइतबार, असार २४, २०८०  १०:००
1140x725

छाला मानव शरीरको सबैभन्दा ठूलो अंग हो। त्यस कारण छालामा धेरै किसिमका रोग लाग्ने सम्भावना उच्च हुन्छ। छालामा नङ, कपाल र सौन्दर्य पनि पर्छ। नेपालगञ्जमा कार्यरत भएकोले मेरो अनुभवमा प्रायः यस क्षेत्रमा डन्डिफोर, चाया–पोतो चाउरीपना, घामले डढेको, दादको समस्या, सोराइसिस, छालामा आउने एलर्जीसम्बन्धी बिरामीको चाप बढी छ। सौन्दर्यसम्बन्धी समस्यामध्ये चाया–पोतोको समस्या लिएर बढी बिरामीहरू आउने गर्छन्। त्यसपछि डन्डिफोरका बिरामी बढी आउँछन्। त्यसपछि चाउरीपना र घामले डढेका बिरामीहरू आउँछन्।

नेपालको सन्दर्भमा सौन्दर्यको विषयमा पुरुषको तुलनामा महिलाहरू अलिक बढी चासो देखाउने भएकाले छालाका समस्या लिएर अस्पताल आइपुग्नेहरू प्रायः महिला नै छन्। यो क्षेत्रमा पहिलेको तुलनामा अहिले महिलाले बढी छालाको ख्याल राख्न थालेको जस्तो लाग्छ। प्रायः २० देखि ४० वर्ष उमेर समूहका बिरामीको चाप बढी हुने गरेको छ। आजकल आफूखुसी क्रिम लगाएर अस्पताल आइपुग्ने बिरामीको संख्या पनि बढ्दो क्रममा छ। यहाँ केही वर्ष अघिसम्म पनि छालासम्बन्धी चिकित्सक नभएको र सौन्दर्य प्राक्टिस गर्ने छालाका चिकित्सक नभएको हुनाले प्रायः मान्छेले पार्लरमा गएर, पसलबाट या बजारमा पाइने क्रिमहरू जथाभावी प्रयोग गरेको भेटिन्छ।

बजारमा पाइने स्टोराइड मिसिएको क्रिम लगाउँदा छाला पातलो हुने, रगतको नसाहरू देखिने, पछि गएर अनुहार झन् कालो हुने, अनुहारमा रौँ पलाउने, घाममा जाँदा रातै हुने, पोल्ने, चिलाउने जस्ता समस्याहरू निम्तिन सक्छन्। पहिलेपहिले यस्ता समस्या लिएर धेरै बिरामी आइपुग्थे।

Ncell 2
Ncell 2

तर आजकल छालाकै चिकित्सकहरूले पनि सोसल मिडियामार्फत् सन्देशमुलक भिडियोहरू बनाइरहेका हुन्छन्। अन्य माध्यमबाट पनि केही जानकारी भएकाहरूले चिकित्सकको सल्लाहबिना केही सामग्री प्रयोग गर्दैनन्। तर त्यस्ता ज्ञान नभएका र साथीले मैले यस्तो लगाएँ मलाई राम्रो गर्‍यो भनेको भरमा चिकित्सकको सल्लाहबिना क्रिम लगाउँदा छालाको लागि घातक हुन सक्छ। त्यस्ता गलत किसिमका औषधिहरू प्रयोग भएका क्रिमहरू बजारमा सहजै पनि पाइन्छ। त्यस्ता क्रिमहरू लामो समय लगाएर छाला बिगारेर आउने बिरामीहरू धेरै छन्।

छालासम्बन्धी समस्या छ भने नजिकको छालासम्बन्धी चिकित्सकलाई देखाउन जरुरी हुन्छ। चिकित्सकको सल्लाह, सुझावअनुसार मात्रै औषधि या क्रिम प्रयोग गर्नुपर्छ। धेरैजसो मान्छेहरू अनलाइनमा हेरेर यो लगायो राम्रो हुन्छ भनेर किन्ने गर्छन्। कतिले पसलबाट या पार्लरबाट किन्छन्। तर त्यही चिज एकैछिन समय दिएर चिकित्सकलाई देखाउने हो भने अन्य कुनै रोगको कारणले हो या के कारणलेसमस्या भएको हो पत्ता लाग्छ। जसका कारण छालालाई थप असर पर्ने सम्भावना कम हुन्छ।

तर आफूखुसी क्रिम प्रयोग गर्दा छाला ड्यामेज हुने सम्भावना हुन्छ। एक पटक बिग्रिसकेको छाला फेरि उस्तै हुन्छ भन्ने पनि हुँदैन। पछि गएर छाला बिग्रियो भनेर पछुताउनुभन्दा डाक्टरको सल्लाहले क्रिम र अन्य औषधिहरू प्रयोग गर्नुपर्छ। चिकित्सकको सल्लाहअनुसार आफूलाई कुन राम्रो हुन्छ, त्यहीअनुसार लामो समयसम्म लगाउने गरी क्रिम फिक्स गर्नुपर्छ।

हामीले जस्तोसुकै अवस्थामा पनि नियमित आधारभूत स्किन केयर चाहिँ गर्नुपर्छ। जसमा फेसवास, सनस्क्रिन र मोस्टराइजरको कुरा आउँछ। राति सुत्नुअघि नियमित फेसवासले मुख धुनुपर्छ र थोरै मोस्टराइजर लगाएर सुत्नुपर्छ। बिहान पनि फेसवास गरिसकेपछि मोस्टराइजर लगाउनुपर्छ। त्यसपछि घामको किरणबाट बच्न कम्तीमा दिनमा तीन पटक सनस्क्रिन लगाउनुपर्छ। करिब ३/३ घण्टाको ग्याप गरेर बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म सनस्क्रिन लगाउन जरुरी हुन्छ।

(डा अर्जेल नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत छन्।)

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कैलाली–५ बाट त्रिविका पूर्व उपप्राध्यापक आनन्द चन्द रास्वपाका उम्मेदवार
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव
धादिङ-१ बाट आशिका तामाङ बनिन् रास्वपा उम्मेदवार
सम्बन्धित सामग्री
जाडो मौसममा बच्चालाई कसरी सुरक्षित राख्ने ? जाडो मौसममा बालबालिकाको सक्रियाता कम हुने गर्छ। शारीरिक सक्रियता कम हुँदा, घरभित्रै मात्र बसिरहँदा बालबालिकामा कुनै रोग छ भने एकबाट... शनिबार, पुस ५, २०८२
खाना खाने बित्तिकै ट्वालेट जानुपर्छ? यस्ता समस्या हुन सक्छन्... जब खाना पेटसम्म पुग्छ, तब ठूलो आन्द्रालाई सिग्नल पुग्छ। यो सिग्नलले ठूलो आन्द्रालाई संकुचन गराउन भन्छ। जसले त्यहाँ रहेका मललाई रेक्ट... बिहीबार, पुस ३, २०८२
जाडोयाममा बढी देखिने कत्ले रोग के हो? सामान्यतया आनुवंशिक (जेनेटिक) कारणले नै कत्ले रोग देखिन सक्छ। तर कतिपयमा जेनेटिक कारण नभए पनि यो समस्या देखिनसक्छ। यो समस्या जाडोयाम... बिहीबार, मंसिर २५, २०८२
ताजा समाचारसबै
कैलाली–५ बाट त्रिविका पूर्व उपप्राध्यापक आनन्द चन्द रास्वपाका उम्मेदवार सोमबार, माघ ५, २०८२
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
धादिङ-१ बाट आशिका तामाङ बनिन् रास्वपा उम्मेदवार सोमबार, माघ ५, २०८२
मधेशका पूर्वमुख्यमन्त्री सिंहले दिए सांसद पदबाट राजीनामा सोमबार, माघ ५, २०८२
झापा पुगे ओली सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्