काठमाडौं– अभिनेता सारुक ताम्राकार मृत फेला परेका छन्। सारुक काठमाडौंको रातोपुलस्थित घरमा मृत फेला परेका प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार सारुक बिहीबार साँझ घरको छतमा पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।
प्रारम्भिक अनुसन्धानअनुसार बिहीबार साँझ घरमा एक्लै रहेको अवस्थामा आत्महत्या उनले आत्महत्या गरेको देखिएको प्रहरीले जनाएको छ। यद्यपि अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
घरमा आमा–बुवासँग बस्दै आए पनि बिहीबार साँझतिर भने उनी घरमा एक्लै रहेका थिए। उनका आमा–बुवा एउटा कार्यक्रममा सहभागी हुन घर बाहिर रहेका थिए।
सारुक पछिल्लो समय चलचित्र ‘ह्यासट्याग माया’मा अनुबन्धित थिए। बिहीबार अपराह्न ४ बजेसम्म पनि उनी चलचित्रको छायांकनमा व्यस्त रहेका थिए। छायांकन सकेर घर फर्किएका उनी साँझ मृत फेला परेका हुन्।
प्रहरीले बिहीबार राति नै उनको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुर्याएको छ। सारुकले ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’, ‘नमरी बाचे’ लगायत फिल्ममा काम गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।