काठमाडौं– जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत लेखापाल तथा वरिष्ठ सई विनोद विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार विष्टविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
विष्टले भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियारले उनलाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरेको थियो।
अनुसन्धानको क्रममा विष्टले भवन निर्माणको म्याद थप र भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भनी घुस लिएको पुष्टि हुने आधार देखिएपछि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगो मागदाबी गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।