• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

रसियन आर्मी बन्न भिजिट भिषामा युरोप, एक महिनामै विमानस्थलबाट प्रहरीले फिर्ता गर्‍यो एक हजार युवा

64x64
नेपाल लाइभ बुधबार, असार २०, २०८०  २०:४३
1140x725

काठमाडौं– भिजिट भिषामा युरोप छिरेर रसियन आर्मीमा भर्ती हुने गरेको पाइएको छ। पोर्चुगल लगायतका देशमा भिजिट भिषामा जाने र त्यहाँबाट रुस पुगेर रसियन आर्मीमा भर्ती हुने गरेको पाइएको हो।

पछिल्लो समय युक्रेन–रुस युद्धका कारण नेपाली युवाहरु रुस पुगेर रसियन आर्मीमा भर्ती हुने गरेको पाइएपछि प्रहरीले भिजिट भिषामा कडाइ गरेको छ। भिजिट भिषामा युरोपका विभिन्न देश हुँदै रुस पुगेर आर्मीमा भर्ती हुने गरेको पाइएपछि मानव बेचबिखन अनुसन्धान ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरेको हो।

२४ सैं घण्टा ब्यूरोका सादा पोसाकका प्रहरी खटाएर कडाइ गरिएको ब्यूरोका प्रमुख तथा एसएसपी जीवन श्रेष्ठले नेपाल लाइभलाई जानकारी दिए।  ‘भिजिट भिषामा सिधै रुस जानेभन्दा पनि युरोपका अन्य देश हुँदै रुस पुगेर रसियन आर्मीमा भर्ती हुने गरेको सूचना पाएपछि हामीले युरोपका भिजिट भिषामा विशेष निगरानी राखेका छौं’, एसएसपी श्रेष्ठले नेपाल लाइभसँग भने।

भारत र बेलायतबाहेक अन्य देशसँग नेपालले सैन्य भर्नामा सम्झौता गरेको छैन। नीतिगत रुपमा रसियन सेनामा भर्ती हुन नेपालीले मिल्दैन। तर अध्ययन तथा भिजिट भिषामा रुस पुगेर सेनामा भर्ती हुने र युक्रेनविरुद्ध लड्ने मोर्चामा नेपाली युवाहरु देखिन थालेका छन्।

रसियन सेनामा भर्ती हुनका लागि रुसले अह्वान गर्दै प्रचारप्रसार समेत गरेको छ। सेनामा भर्ती हुन चाहिने न्यूनतम योग्यता पूरा गरेपछि स्वास्थ्य परीक्षण हुन्छ। त्यसमा पास भएपछि ३ महिनादेखि ६ महिनासम्म तालिम दिइन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

तालिम अवधिभर नेपालीहरुलाई मासिक ६० हजार रुपैयाँ बराबरको तलब र तालिम सकिएपछि मासिक ३ लाखको हाराहारीमा तलब दिने गरेको पाइएको छ। एक वर्ष रसियन आर्मीमा काम गरिसकेपछि रुसी पासपोर्टसमेत उपलब्ध हुने बताइन्छ। युक्रेनविरुद्ध सैन्य कारबाही सुरु गरेपछि रुसी सेनाले पनि ठूलो क्षति व्यहोर्दै आएको छ। जसकारण रुसी सेनामा भर्ना अभियान चलाएर विदेशी मूलका मान्छेहरुलाई भर्ना गरिएको पाइन्छ।

एक महिनामै एक हजार फर्काइए
रुसी सेनामा भर्ना हुने उद्देश्यले भिजिट भिषामा युरोप जान लागेका तथा अन्य देशमा जान लागेका गरेर एक महिनाको अवधिमा प्रहरीले ९८८ जनालाई विमानस्थलबाटै फर्काएको छ। जसमा महिला ५६० र पुरुष ४२८ छन्।

उनीहरुमध्ये केही भिजिट भिषामा युरोप जाने तथा केही दुबई लगायतको देश जाने योजनामा रहेको पाइएको छ। केही थाइल्याण्ड जान लागेकाहरु पनि फर्काइएका छन्। थाइल्याण्ड जान खोज्नेहरु त्यहाँबाट म्यानमार, कम्बोडिया छिर्ने र स्क्याममा पर्ने गरेको पाइएको एसएसपी श्रेष्ठले बताए।

Xtrem
Xtrem

दुबईमा जान लागेकाहरुमध्ये केहीको उद्देश्य अमेरिका छिर्ने र केही घरेलु कामदारमा जान खोज्नेहरु रहेको पाइएको छ। यसैगरी करिब ६ महिनाको अवधिमा भिजिट भिषामा विदेश जान लागेका ४ हजार २ सय ७९ जनालाई ब्यूरोको टोलीले विमानस्थलबाट फर्काएको छ।

गत माघदेखि असार २० गतेसम्म उक्त संख्यामा मान्छेहरु फिर्ता गरिएको हो। माघमा प्रहरीले २८९ जनालाई फर्काएको थियो। जसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट महिला ३३१ र पुरुष ५९ गरी २५५ र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट महिला ६ र पुरुष २८ गरी ३४ जनालाई फर्काइएको तथ्यांक ब्यूरोसँग छ।

फागुनमा ५५७, चैतमा ६५३, वैशाखमा ३१४, जेठमा ९८८ र असार २० गतेसम्म ५१६ जनालाई फिर्ता गरिएको छ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  २०:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर र शाखा कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले २०८३ असोज १३ गते सिरहाको मिर्चैया नगरपालिका–५ बाट २५... बुधबार, असोज १४, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनको यसअघिको आदेश बदर गर्दै म... मंगलबार, असोज १३, २०८३
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन सरकारका प्रवक्ता सस्मित पोखरेलले चोलेन्द्रलाई प्रहरीले रेस्क्यु गरेको तर्क गरे । मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्