• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

‘गुराँस’को वर्ल्ड प्रिमियरका लागि चेक रिपब्लिक उडिन् मेनुका

64x64
नेपाल लाइभ बुधबार, असार २०, २०८०  १३:५३
1140x725

काठमाडौँ– अभिनेत्री मेनुका प्रधान चेक रिपब्लिकमा हुन गइरहेको ‘दि कार्लाेभी भारी’ इन्टरनेसनल फिल्म फेस्टिभलमा सहभागी हुने भएकी छन्। उनी अभीनित ‘गुराँस’ आज वर्ल्ड प्रिमियर हुँदैछ। 

मेनुकाको यो अन्तर्राष्ट्रिय फेस्टिभलमा सहभागिताको पहिलो अनुभव हो। उनले फेस्टिभलमा फिल्मको ‘युनिभसर्स’ नै हुने भएकाले त्यसको हिस्सा बन्ने कुरालाई लिएर उत्साहित भएको बताएकी छन्।

‘मेरो त यो इन्टरनेसनल फेस्टिभलमा पहिलो अनुभव हो। त्यसैले स्वभाविक रुपमा खुसी लाग्ने नै भयो। अर्को कुरा चाहिँ म उत्सुक छु किनकि पढेको, सुनेको कुरा प्रत्यक्ष रुपमा अनुभव गर्दैछु,’ उनले उत्साहित हुँदै भनिन्, ‘ तर मलाई त्यहाँ गएर अरुभन्दा पनि धेरै भन्दा धेरै फिल्म हेर्न मन छ। अनि त गुराँस पनि हेरेको छैन, त्यो पनि हेर्न मन छ।’

फिल्मभित्र मेनुका गुराँसको आमाको भूमिकामा छिन्। उनले आमाको भूमिका भए पनि कथा रोचक भएकाले गर्न राजी भएको बताइन्। ‘म त कहिले पनि फिल्म गर्दा आमा हो कि छोरी हो भनेर हेर्दिनँ। आफ्नो भूमिका हेर्छु। यसमा पनि मेरो भूमिका रोचक भएकैले गरेकी हुँ। एक महिना दार्जिलिङमा सुटिङ हुँदा पनि एकदमै रमाइलो भएको थियो,’ उनले सुनाइन्।

मेनुका जुलाई १५ मा नेपाल फर्किनेछिन्। 

नेपाल र भारतको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रलाई सौरभ राईले निर्देशन गरेका हुन्। फेस्टिभलमा  निर्देशक राई पनि सहभागी हुनेछन्। ‘दि कार्लाेभी भारी’ इन्टरनेसनल फिल्म फेस्टिभल युरोपको प्रतिष्ठित फेस्टिभल मानिन्छ। 

हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीय बालिकाको आँखाबाट वाचन गरिएको चलचित्रले दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धको कथा प्रस्तुत गर्छ। चलचित्रलाई राई स्वयंले लेखेका हुन्। उनले चलचित्रको कथा आफ्नै भोगाइमा केन्द्रित भएको बताएका छन्।

‘केही समय पहिले मेरो घरको पनि कुकुर यसरी नै हरायो। कुकुर हराएको कुराले आमा एकदमै चिन्तित हुनुभयो। एकदिन टाढाबाट आइरहेको कुकुरको आवाज आफ्नै जस्तो लागेर उहाँ खोज्न निस्किनु भयो। आमाको त्यो खोजाइलाई मैले बालिकामा कल्पना गरेर यो कथा तयार गरेको हुँ,’ उनले भने, ‘जसरी गुराँस जंगलमा भइकन पनि निर्दोष हुन्छ, यो कथाका चरित्र पनि त्यस्तै नै छन्।’

Ncell 2
Ncell 2
nimb
nimb

‘गुराँस’लाई लोआइक्यू प्रडक्सनसँगै रामकृष्ण पोखरेल र सञ्जय गुलाटीले निर्माण गरेका हुन्। 

फिल्ममा तुलसी खवासले ‘गुराँस’को रुपमा शीर्ष भूमिका निर्वाह गरेकी छन् फिल्ममा खगेन्द्र लामिछानेको पनि अभिनय रहेको छ। 

फिल्मको प्राविधिक काम मुम्बईमा भइरहेको छ। फिल्मको छायांकन सुबल केआरले गरेका हुन् भने सम्पादन सौरभ राई र अंकिता पुरकायस्थले गरेका हुन्। अंकिता फिल्मको साउन्ड डिजाइनर पनि हुन्। उनले यसअघि नेटफ्लिक्स सिरिज ‘बेताल’, ‘टाइपराइटर’, ‘कोटा फ्याक्ट्री’ र अमेजन प्राइमबाट प्रसारण भएको ‘पञ्चायत’ मा पनि काम गरेकी छन्। 

निर्माता रामकृष्ण पोखरेलले दि कार्लाेभी भारी युरोपको प्रतिष्ठित फेस्टिभल मानिने र त्यसमा नेपालको प्रतिनिधित्व हुने कुराले आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन्।

‘कान्स वा बर्लिन जस्तै यो पनि युरोपका लागि प्रतिष्ठित फेस्टिभल हो। यो फेस्टिभलमा अहिलेसम्म कुनै पनि नेपाली फिल्म सहभागी भएका थिएनन्। गुराँसले खाता खोलेको छ। हामी सम्पूर्ण टिम खुसी छौँ,’उनले भने।

उनले फिल्मको हल रिलिजको विषयमा भने अहिले नै भन्न नसक्ने जानकारी गराए। उनले भने, ‘फिल्म हलमा पनि लाग्छ तर यसका लागि समय लाग्ला।’

पोखरेल नेपालबाट अस्करका लागि गत वर्ष सिफारिस चलचित्र ‘ऐना झ्यालको पुतली’ तथा भर्खरै प्रदर्शन भएको ‘हल्कारा’का पनि निर्माता हुन्। उनको निर्माण रहेको लघु चलचित्र ‘साइलेन्ट इको’ लघु चलचित्र विधामा अस्करमा सिफारिसमा परेको थियो भने  फिल्मले भारतमा क्रिटिक्स च्वाइस अवार्ड जित्न सफल भएको थियो। 

कलकत्ताको सत्यजित रे फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युटबाट डिप्लोमा गरेका निर्देश सौरभ राईले यसअघि ‘निम्तो’को  निर्देशन गरेका थिए। नेदरल्यान्डको रोट्रेड्याम इन्टरनेसनल फिल्म फेस्टिभलमा छनौट हुन सफल फिल्मले मुम्बई फिल्म फेस्टिभलमा जुरी अवार्ड जित्न सफल भएको थियो।

‘गुराँस’ पनि निर्माण अगावै नेदरल्यान्डको हुबेर्ट बल्स फन्ड जित्न सफल भएको थियो भने फिल्म  हङकङ फिल्म मार्टको  वर्क इन प्रोग्रेस ल्याबमा पनि छनौट हुन सफल भएको थियो।  

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १३:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कृष्णभिरको पहिरो रोक्न सुरुङ कि भायोडक्ट? दुई महिनामा अध्ययन प्रतिवेदन
एमालेको पुनर्गठन प्रतिवेदन सचिवालयबाट पास
आज शेयर बजार बन्द रहने
सम्बन्धित सामग्री
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
विवाहअघि नै भावी श्रीमतीलाई कुशलको सर्त : ‘पहिला झिँगेदाउ २ हेर्न भन्छु’ चलचित्र ‘झिँगेदाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको प्रचारप्रसारमा व्यस्त अभिनेता कुशल बिष्टले ‘झिँगेदाउ २’ पह... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
कृष्णभिरको पहिरो रोक्न सुरुङ कि भायोडक्ट? दुई महिनामा अध्ययन प्रतिवेदन सोमबार, असोज ५, २०८३
एमालेको पुनर्गठन प्रतिवेदन सचिवालयबाट पास सोमबार, असोज ५, २०८३
आज शेयर बजार बन्द रहने सोमबार, असोज ५, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, असोज ५, २०८३
८६ हजार ३२० जनाले पाए बेनी हाइड्रोपावरको आईपीओ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन सचिवालयबाट स्वीकृत, अब केन्द्रीय कमिटीमा जाने आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्