काठमाडौं- फिल्म हलहरुलाई काठमाडौं महानगरपालिकाले मनोरञ्जन कर अनिवार्य गरेको छ। महानगरपालिकाले काठमाडौं महानगर भित्रका १७ हलहरुलाई पत्र पठाउँदै कर तिर्न निर्देशन गरेको हो।
डिजिटल प्रणालीबाट शुल्क लिइरहेकाहरुलाई राजश्व कार्यालयलाई तीन दिनभित्र महानगरको राजश्व विभागलाई पहुँच दिन भनिएको छ। यसैगरी डिजिटलमा नगएकाहरुलाई समेत तीन दिनभित्र उक्त व्यवस्था गर्न निर्देशित गरिएको छ।
भनिएको छ, 'डिजिटल प्रणालीबाट शुल्क संकलन गर्ने गरेको भए महानगरको राजश्व विभागलाई पहुँच दिन र नभएको डिजिटल प्रविधिमा लैजान निर्देशन गरिएको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।