• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १८, २०८२ Tue, Nov 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

आईओसीको २४ अर्ब बक्यौता तिरिसक्दा पनि किन घटाएन ग्यासको मूल्य? आन्तरिक ऋण देखाएर पन्छिँदै निगम

64x64
कल्पना घिमिरे सोमबार, असार १८, २०८०  २१:१५
1140x725

काठमाडौं– आइतबार भारतबाट खाना पकाउने एलपी ग्यासको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले नयाँ मूल्यसूचीमा ग्यासको भाउ प्रतिसिलिन्डर १६१ रूपैयाँ घटाएर पठाएको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।

‘यो नयाँ मूल्यसँगै ग्यासमा घाटामुक्त भएको छ। यस अघिसम्म निगमलाई ग्यासमा प्रतिसिलिन्डर १६० रूपैयाँ घाटा थियो। अब घाटा–नाफा बराबर भयो,’ ठाकुरले भने।

आईओसीले पेट्रोल र मट्टीतेलमा पनि क्रमशः प्रतिलिटर १४ पैसा र प्रतिलिटर ५ पैसा घटाएर पठाएको छ। डिजेलमा भने प्रतिलिटर दुई रूपैयाँ १६ पैसा र हवाई इन्धनमा ५७ पैसा बढाएर पठाएको छ। भारतबाट घटेर आएको मूल्यसूची अनुसार नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलमा मूल्य समायोजन गरे पनि ग्यासको मूल्य भने यथावत राखेको छ। आन्तरिक ऋण तिर्न पर्ने भएकाले ग्यासमा मूल्य नघटाइने उनले जानकारी दिए। 

‘अहिले यो महिना एलपी ग्यासमा घाटा–नाफा बराबर छ। फेरि अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य बढ्दै गएको छ। त्यसले गर्दा अर्को महिना फेरि घाटा हुन सुरु भइहान्छ। अब हामीले घट्दा पनि घटाउन सक्दैनौं र बढ्दा पनि सो अनुपात मूल्य बढाएका छैनौं। जति बढेर आए पनि जनतालाई मात्रै फाइदा लुटेका छैनौं। घाटा खाएर पनि बसेका छौं। विगतमा यो तीन महिनामा तीन पटक मूल्य घटाइसक्यौं। सात रुपैयाँ घटेर आउँदा हामीले १० रुपैयाँसम्म घटाएका छौं,’ उनले भने।

निगमको नयाँ मूल्यसूची अनुसार सोमबार राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोल एक सय ६७ रूपैयाँ, डिजेल र मट्टीतेल एक सय ४७ रूपैयाँ, हवाई इन्धन आन्तरिक एक सय ३६ रूपैयाँ र बाह्य एक डलर ३५ सेन्ट कायम गरिएको छ। 

खाना पकाउने एलपी ग्यास सिलिन्डरको १८ सय रूपैयाँ रहेकोमा हाल त्यही मूल्यलाई नै कायम गरिएको छ। जसअनुसार खाना पकाउने ग्यासमासमेत निगम प्रतिसिलिन्डर ७ रुपैयाँ नाफामा छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दा आन्तरिक बजारमा घटाउँदैन तर अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउँछ। यसरी उपभोक्तालाई चर्को मूल्य लिएर नेपाल आयल निगम अहिले नाफामा गएको भन्ने निगमलाई आरोप लाग्ने गरेको छ।

यसअघि निगमले आईओसीको बक्यौतालाई कारण देखाउँदै नेपालमा मूल्य नघटाउने गरेको पाइन्छ। तर, अहिले निगमले आइओसीको बक्यौता तिरिसक्दा एलपी पनि मूल्य नघटाउने गरेको छ।

Ncell 2
Ncell 2

ईओसीलाई तिर्‍यो २३ अर्ब ६० करोड
९ महिनाअघि नेपाल आयल निगमले आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम २३ अर्ब ६० करोड थियो। अहिले सो रकम तिरिसकेको ठाकुरले जानकारी दिए। महिनामा निगमको नाफा करिब ३ अर्ब हुने भएकाले आईओसीको बक्यौता रकम तिर्न सहज भएको उनको भनाइ छ।

‘यो ९ महिनामा हामीले १७ अर्ब रकम नाफा कमाएका थियौं। प्लस साढे ३ अर्ब मूल्य सूचीकरणको रकम र साढे ३ अर्ब सरकारबाट पाएको कर फिर्ता गरी करिब २४ अर्ब रुपैयाँ आईओसीलाई बक्यौता तिरेको हो,’ उनले भने।

३३ अर्ब अझै तिर्न बाँकी
अझै निगमले करिब ३३ अर्ब रकम तिर्न बाँकी रहेको उनले बताए। निगमले नेपाल सरकारलाई ६ अर्ब ३० करोड रुपैयाँ तिर्नुपर्ने रहेको ठाकुरले जानकारी दिए। सरकारको ऋण रकम किस्ता किस्तामा ५ वर्षमा १० किस्तामा चुक्ता गर्नेगरी लिएको र अब सोहि अनुसार नै तिर्दै जाने बताए।

यस्तै मूल्य स्थिरीकरण कोषलाई निगमको बिक्री मूल्यको एक प्रतिशत जानुपर्ने हो। तर निगम घाटामा गएको बेला सो रकम कोषमा निगमले जम्मा नगरेको उनले बताए। ‘विगत लामो समयसम्म निगम घाटामा गएको हुनाले निगमले सो कोषको रकम निगमले आफैं चलाएको छ। सो कोषको रकम साढे २१ अर्ब रुपैयाँ रहेको छ। त्यो पैसा पनि त महामीले कोषमा हाल्नुपर्‍यो,’ ठाकुरले भने।

एअरलाइन्स र बिक्रेताहरुको धरौटी वापत रकम १ अर्ब ९५ करोड रुपैयाँ रहेको र सो रकम पनि निगमले तेल खरिद गर्न प्रयोग गरिसकेको उनको भनाइ छ। ‘सो रकम कुनै पनि बेला फिर्ता माग्न सक्छ। त्यो पनि निगमले जुनसुकै बेला फिर्ता गर्नुपर्ने हुन्छ,’ उनले भने।

२०७४ सम्म कर्मचारी आवास श्रम ऐनअनुसारवापतको निगमले ३ अर्ब २५ छुट्याएर राखेकोमा उक्त रकम तेल खरिद गर्न प्रयोग भइसकेको ठाकुरले बताए। उक्त रकमसहित निगमले करिब ३३ अर्ब अझै पनि निगमले तिर्नुपर्ने बक्यौता रहेको ठाकुरले जानकारी दिए।

‘धेरै समयपछि ग्यासमा रहेको निगमको नोक्सानी अहिले हटेको छ, आईओसीको बक्यौता पनि करिब सबै तिरेका छौं,’ उनले भने, ‘यो बाहेक अझै ३३ अर्ब रकम तिर्न बाँकी छ। नाफा जुन कमाएका छौं, त्यो त्यही ऋण तिर्न नै प्रयोग गरेका छौं। यो आर्थिक वर्षमा नाफा कमाए पनि किम्यूलिटीमा लसमै जान्छौं। अघिल्लो आर्थिक वर्षमा पनि हामी घाटामा थियौं।’

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  २१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोल मूल्य बढेर आएकाे र डिजेलको मूल्य घटेर आएको जानकारी दिएको हो । शुक्रबार, कात्तिक १४, २०८२
फेरि बढ्यो सुनको मूल्य यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर ३ हजार ६० रुपैयाँ... शुक्रबार, कात्तिक १४, २०८२
नेप्से परिसूचक घट्दा कारोबार रकम भने बढ्यो कारोबारका क्रममा दिउँसो ११ ः ४६ बजे र १२ ः २१ बजे नेप्सेले २६ सय अंक पार गरे पनि टिक्न सकेन। आज परिसूचक घटे पनि कारोबार रकम बढेको छ।... बुधबार, कात्तिक १२, २०८२
ताजा समाचारसबै
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
रोल्वालिङ क्षेत्रमा हिमपहिरो: ३ जना पर्यटकको मृत्यु, ८ बेपत्ता सोमबार, कात्तिक १७, २०८२
जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय सोमबार, कात्तिक १७, २०८२
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक सोमबार, कात्तिक १७, २०८२
कर्मचारी र सुरक्षा निकायका प्रमुखलाई  प्रधानमन्त्रीले दिएको १४ बुँदे निर्देशन यस्तो छ (पूर्णपाठ) सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र आइतबार, कात्तिक १६, २०८२
सुरु भयो कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला सोमबार, कात्तिक १७, २०८२
भारतीय महिला क्रिकेट टोलीले पहिलो पटक जित्यो विश्वकप सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्