मुम्बई– चर्चित अभिनेता नाना पाटेकर ‘गदर–२’मा जोडिएका छन्। तर, उनी पर्दामा देखिने छैनन्। फिल्ममा उनले आवाज दिनेछन्। यस पटक उनले स्वर्गीय अभिनेता ओम पुरीको ठाउँमा आफ्नो आवाज दिनेछन्।
निर्देशक अनिल शर्मा र सन्नी देओल सन् २००१ पछि फेरि एकपटक ‘गदर–२’ मा काम गर्दैछन्। ‘गदर २’ अगस्ट ११ मा रिलिज हुनेछ। नाना पाटेकरले फिल्मको सुरुमै दर्शकलाई आफ्नै आवाजमा फिल्मको परिचय गराउनेछन्।
चलचित्र समीक्षक तथा व्यापार विश्लेषक तरण आदर्शले ट्वीटरमा यो जानकारी दिएका हुन्। उनले गदरको पहिलो भागमा ओम पुरीको लागि भ्वाइस ओभर गरेको पनि लेखेका छन्।
यसपटक फिल्मको कथा सन् १९७१ को भारत–पाकिस्तान युद्धमा आधारित छ। ‘गदर’ रिलिजको २२ वर्षको सम्झनामा यो चलचित्र ९ जुनमा हलमा पुनः रिलिज भएको थियो। ‘गदर २’ अगस्ट ११ मा हलमा रिलिज हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।