• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

रोपाइँ क्षेत्र घट्यो, हाइब्रिड जातको बिउले धानको उत्पादन बढ्यो

64x64
कल्पना घिमिरे शुक्रबार, असार १५, २०८०  १३:०४
1140x725

काठमाडौं– आर्थिक वर्ष (२०७९/०८०) मा १४ लाख ४७ हजार ७८९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो। सो क्षेत्रमा ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

जुन अघिल्लो वर्ष (२०७८/०७९) भन्दा ३ लाख ५५ हजार ८४७ मेट्रिक टनले धेरै हो। अघिल्लो आर्थिक वर्ष ०७८/०७९ मा कूल १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रमा धान रोपाइँ भएको थियो। सो वर्ष ५१ लाख ३० हजार ६२५ मेट्रिक टन मात्रै धान उत्पादन भएको थियो।

प्रतिहेक्टर उत्पादकत्व ३.७९ प्रतिशतले वृद्धि हुँदा समग्र धान उत्पादन वृद्धिदर गत वर्षको भन्दा ६.९४ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले जानकारी दिए। तर धान रोपाइँ क्षेत्र भने २० हजार हेक्टर घटेको पाइएको छ। सामान्य रुपमा वर्षेनि धान क्षेत्र घट्दै गए पनि उत्पादकत्व बढेकाले उत्पादन भने बढ्दै गएको प्रवक्ता सञ्जेल बताउँछन्।

‘अहिले धान रोपाइँ क्षेत्र धेरै घटेको छैन। सामान्य रुपमा घटेको देखिन्छ। रोपाइँ क्षेत्र सामान्य रूपमा घटे पनि उत्पादकत्व बढ्दा उत्पादन बढी देखिन्छ। उत्पादन बढ्नुमा विभिन्न प्रविधि भित्रिनु तथा उन्नत जातको बिउ प्रतिस्थापन दर बढ्नु रहेको छ। सबैतिर उन्नत जातको बिउ लाग्दैन। तराई क्षेत्रमा भने हाइब्रिड जातको धानको बिउ प्रयोग गर्दा उत्पादन बढेको छ,’ उनले भने।

साथै मन्त्रालयले धानको बिउ उन्नत जातको र स्थानीयस्तरको रैथाने जातको धानलाई उत्तिकै प्रोत्साहन गरेको सञ्जेलले बताए। ‘सिमित जिल्लाहरुमा हाइब्रिड जातको बिउ लाग्दैन। त्यहाँ रैथाने जातको धान खेती हुन्छ भने तराईका जिल्लामा हाइब्रिड जातको धान हुने हो,’ उनले भने।

वर्षैपिच्छे बिउ परिवर्तन गर्दा खर्च बढ्ने
हाइब्रिड जातको धानको बिउ एकपटक लगाइसकेपछि पुन: बिउको रूपमा प्रयोगमा नआउने र वर्षैपिच्छे परिवर्तन गर्नुपर्दा खर्च बढ्ने सञ्जेलले बताए। बाहिरी मुलुकबाट आयात गर्दा खर्च बढ्ने भएपछि नेपालमै हाइब्रिड बिउ उत्पादन गर्न थालेको उनको भनाइ छ।

‘बढी क्षेत्रमा हाइब्रिड जातको बिउ लगाइन्छ। यो सबै आयात गर्नुपर्दा बर्सेनि ठूलो परिमाणमा रकम बाहिरिन्छ। आयात रोक्न यस्तो प्रकारको बिउ हामीले आफैं विकास गरिरहेका छौं। त्यसका लागि हामीले आफ्नै उन्नत जातको धानको बिउ उत्पादन गर्ने कार्यक्रम पनि अगाडि सारेका छौं,’ उनले भने।

हाइब्रिड जातको बिउ अहिले थोरै मात्रामा स्वदेशी उत्पादन भएकाले आयात गरेरै धान्नु परेको उनले बताए। यस्तै केही वर्षपछि त्यस्तो बिउ आवश्यकताअनुसार नेपालमै उत्पादन गरिने उनको भनाइ छ। यस्तै उन्नत जातको बिउ रोपिने हुँदा यो वर्ष पनि धान उत्पादन बढ्ने सञ्जेलले दाबी गरे।

Ncell 2
Ncell 2
nimb
nimb

धानको सरकारी तथ्यांक पत्याउन मुस्किल 
कृषि विज्ञ डा कृष्ण पौडेलले चालु आर्थिक वर्षको धान उत्पादनको सरकारी तथ्यांक पत्याउनै मुस्किल रहेको बताए। ‘गत साल होइन मल अभाव भएको? मल अभाव हुँदा उत्पादन बढ्छ भने किन मल चाहियो। मन्त्रालयले कहाँ कसरी लेखाजोखा गर्‍यो? धान बढ्यो भनेर कसरी पत्याउने सरकारी तथ्यांक?,’ उनी प्रश्न गर्छन्।

तीन लाख मेट्रिक टन धान बढ्नु ठूलो परिमाण नभएको उनको भनाइ छ। ‘धानको बिउ उत्पादन हुँदा स्वभाविक रुपमै उत्पादन त बढ्ने नै भयो। तर क्षेत्रफल गट्दा उत्पादन बढ्यो भन्नु गलत कुरा हो। क्षेत्रफल घटेर १४ लाख ५० हजार हेक्टरमा झरिसक्यो। यो पहिला ३० लाख हेक्टर सम्ममा धानखेती हुन्थ्यो। आधाभन्दा बढी घटिसक्यो,’ उनले भने, ‘पोहोर तीन लाख मेट्रिक टन उत्पादन बढ्यो भनेर सरकारले दाबी गरेको छ। त्यो धेरै हो जस्तो मलाई लाग्दैन। उत्पादकत्व बढेको छैन, उत्पादन र उत्पादकत्व फरक कुरा हो। उत्पादन भनेको कति मेट्रिक टन फल्यो भन्ने हो भने उत्पादकत्व भनेको प्रतिहेक्टर कति धान फल्यो भन्ने हो।’

उत्पादकत्व गएको ६० वर्षमा १.३ बाट ३.८ भएको छ। ६० वर्षमा २.५ ले बढेको छ, जबकी अहिले चीन, जापानलगायत अरु देशको १२,१५,१६ सम्म पुगिससकेको उनी बताउँछन्। नेपालको उत्पादकत्व ३.८ मात्रै छ। कुनै कुनै ठाउँमा साना किसानको मिहेनतले उत्पादन बढेको उनको भनाइ छ। 

रैथाने धान मासिने डर
हाइब्रिड लगाउँदा गाँज धेरै आउने, बाला धेरै लाग्ने खालको बनाइने हुँदा उत्पादन बढ्ने भए पनि रैथाने जातको धान मासिँदै जाने कृषि विज्ञ पौडेलको भनाइ छ। रैथाने जातको धान लगाएको नजिकमा हाइब्रिड जातका धान लगाउँदा परागसेचन भएर रैथाने धान ठिमाहा निस्किँदा मासिने बताए। यस्तै किसानले जुन बिउ बढी उत्पादन दिन्छ त्यहि बिउ रोप्ने गर्नाले पनि रैथाने धान मासिने उनको भनाइ छ। 

Xtrem

Xtrem

‘यो धान आफैंमा फूल खेल्छ र आफैंमा आन्तरिक परागसेचन हुने गर्छ। तर, आडैमा अर्को धान लगाएको छ भने कहिलेकाँहि परागहरु हावा, किराफ्ट्याङ्ग्राले उडाउँदा क्रस पनि हुन्छ। क्रस भएका उदाहरण थुप्रै छन्। यसरी क्रस भएर रैथानेलाई असर गर्छ, ठिमाहा बन्छ। र अर्को कुरा हाइब्रिड धेरै उत्पादन दिने, रोग नलाग्ने, गाँज धेरै लाग्ने र बाला धेरै लाग्ने भएकाले किसानले रैथाने छाडेर हाइब्रिड लगाउन थाल्छन्। त्यसपछि रैथाने जातको धान मासिने डर हुन्छ,’ उनले भने।

कति आयो धानको बिउ?
चालु आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठ) सम्ममा ७५ करोड ६३ लाख ८६ हजार रुपैयाँको १,८८२.९८ मेट्रिक टन धानको बिउ आयात भएको केन्द्रीय भन्सार विभागको तथ्यांकले देखाउँछ। यस्तै गत आर्थिक वर्ष (२०७८/०७९ मा ८७ करोड ५ लाख ९२ हजार रुपैयाँको ५,४६,६३३.९४ मेट्रिक टन बिउ आयात भएको थियो।

आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब १७ करोड ३८ लाख ६८ हजार रुपैयाँको ४५,२८४.६१ मेट्रिक टन बिउ आयात गरेको थियो। आर्थिक वर्ष २०७६/७७ मा ७ करोड ८८ लाख ३ हजार रुपैयाँको २,१९१.०१ मेट्रिक टन बिउ आयात गरेको विभागको तथ्यांकमा उल्लेख छ।

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १३:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्