काठमाडौं– काठमाडौंको बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गालाई व्यक्तिको कायम गर्ने क्रममा भएको कीर्तमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हदम्याद नलाग्ने दाबी गरेको छ।
बुधबार पत्रकार सम्मेलन गर्दै सीआईबीले यो विगतकै घटना भएकाले नयाँ मुलुकी ऐन जारी हुनु अघिकै अवस्थाको कानुनका आधारमा मुद्दा दायर हुने जनाएको हो। पुरानो कानुनअनुसार मुद्दा चलाउँदा हदम्याद नलाग्ने जिकीर गरिएको छ।
मुलुकी ऐन २०२० अनुसार सरकारी लिखत कीर्तेमा हदम्यादको व्यवस्था नभएकाले ललिता निवास प्रकरणमा हदम्याद लागु नहुने सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले दाबी गरिन्। उनले यो प्रकरण नयाँ मुलुकी ऐन आउनुभन्दा अघिको भएकाले अहिलेको कानुन आर्कषित नहुने दाबी गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।