काठमाडौं– निश्चल बस्नेतको कमब्याक निर्देशन रहेको फिल्म ‘दिमाग खराब’को छायांकन सम्पन्न भएको छ।
सोमबार निर्माण टिमले ३६ दिनमा सुटिङ सकिएको जानकारी गराएको छ। काभ्रेको पाँचखालमा छायाँकन गरिएको फिल्ममा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा र विजय बरालको मुख्य भूमिका छ।
फिल्म आगामी कार्तिक २४ गते रिलिज हुने बताइएको छ। यसअघि निश्चलले ‘लुट’, ‘लुट २’ र ‘टलकजंग भर्सेस टुल्के’को निर्देशन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।