काठमाडौं– नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा संलग्न भएको आरोप लागेका एक अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा अदालतमा मुद्दा दर्ता भएका आशिष बुढाथोकी छन्।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मण्डिखाटारबाट पक्राउ गरेको हो। पक्राउ परेका बुढाथोकीलाई अदालतमा बुझाइने प्रहरीले जनाएको छ।
अदालतमा मुद्दा दायर भएकामध्ये १८ जना पक्राउ परेका थिए भने १२ जना फरार थिए। उनीहरुमध्येका एक बुढाथोकी पक्राउ परेका हुन्। मुद्दा दायर भएर फरार भएका अझै ११ जना पक्राउ पर्न बाँकी नै छन्।
पक्राउ परेकामध्ये १६ जना पुर्पक्षमा कारागारमा छन्। टंक गुरुङ र लक्ष्मी महर्जन भने धरौटीमा रिहा भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।