• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

गीतको कथा : लिम्बू गाउँमा पाहुना जाँदा जन्माएको ‘पाहुना हजुर’

64x64
समर्पण श्री सोमबार, असार ११, २०८०  १९:१०
1140x725

काठमाडौं– केही दिनअघि मात्र युट्युवमा ‘पाहुना’झैं टुप्लुक्क आइपुग्यो आर्टमाण्डूको ‘पाहुना हजुर’। 

तर आएपछि ‘पाहुना’ मात्र भएर कहाँ बस्नु! धान नाचिरहेको दृश्य, पालम गाइरहेका सुर र लिम्बूहरूको सत्कारसहितको विहे भोज। आँखामा गहिरो छाप छाड्ने लिम्बू संस्कृतिको सौन्दर्य।

उसो त सुटुक्क आएर मनबाट हटिजाने गीत आर्टमाण्डूका सायदै छन्। ‘फुलथुंगे रानी’पछि ‘पाहुना हजुर’पनि जीवन्त बाँचिरहने धुनसरी कानमा गुन्जियो। 

‘पाहुना हजुर’मा आफैं पाहुना भएर लिम्बू संस्कृतिको विहेमा सरिक भएँ कि! यस्तै लागिरह्यो। 

गत साल मण्डला थिएटरमा नाटक ‘चोरको स्वर’ हेरेर फर्कँदा अनुभूत भएथ्यो– म लिम्बूहरूको विहेमा सरिक भएर फर्किरहेछु जस्तो।

हुन त ‘चोरको स्वर’मा दुई निर्देशकमध्येका एक अनिल सुब्बा ‘पाहुना हजुर’का मुख्य पात्र हुन्। यदि तपाईंले नाटक हेर्नुभएको छ भने पनि पक्कै याद गर्नुहुनेछ। पाहुना गएकी युवतीलाई धान नाचेर फकाउने पात्र उनै अनिल हुन्।

‘चोरको स्वर’ र ‘पाहुना हजुर’को गहिरो साइनोबारे त थप चर्चा गरौँला। यी दुवैको सृष्टिको मूल भने एकै हो। लिम्बू संस्कृतिमाथिको यो सुन्दर सिर्जना रच्ने नवीन चौहान हुन्। जो गैरलिम्बू भए पनि लिम्बू समुदायमा हुर्के। 

उनले पहिलो पटक प्रत्यक्ष देखेको नाच धान नाच थियो। पहिलो पटक सुनेको गीत पालम थियो।  

Ncell 2
Ncell 2
nimb
nimb

‘म त्यही समुदायमा हुर्किएँ। त्यो वाछिट्टाले मलाई पनि छोएको छ। मैले चोरको स्वर बुझाएको नजिकबाट देखेको छु। पाहुनाहरूसँग नजिकबाट चिनजान गरेको छु,’ नवीन भन्छन्, ‘मैले देखेको लिम्बू समुदायको यो निकै सुन्दर कुरा हो।’

गीतलाई गायक आशिश महर र सुनिता थेगिमले आवाज दिएका छन्। पालम दीपा सुहाङले गाएकी छन्। संगीत एरेन्जमेन्ट प्रज्ज्वल लामाले गरेका छन्।

गीत सुनेपछि म युट्युवको कमेन्ट बक्समा गएँ। एक प्रयोगकर्ताको कमेन्टमा टक्क आँखा अडिए। कमेन्टको एउटा अंश यस्तो थियो, ‘पश्चिम नेपालको हिरा सुदुरपूर्वमा चम्किरहेको जस्तो लाग्यो...।’

‘पाहुना हजुर’मा लिम्बूको कथा गैरलिम्बूले भनेका मात्र छैनन्, सुदूरपश्चिमका युवकले सुदूरपूर्वका भाका गाइरहेछन्। नवीन भन्छन्, ‘यो एउटा मीठो सन्देश पनि हो। आशिशमार्फत् पूर्वको भाका, संस्कृति सुदूरपश्चिम पनि पुग्ने भयो।’

पाहुना बसेर बनाएको ‘पाहुना हजुर’ 

म्युजिकल फिल्मको पृष्ठभमिका कथा रोचक छन्। विसं २०७८ साल मंसिरतिर निर्देशक नवीन आफ्नो टिमसँगै पूर्व झरेका थिए। उनीसँग त्यतिबेला ६ वटा कथा खिच्ने योजना थियो। त्यहीमध्येका हुन् ‘घुमीघुमी’, ‘सुनाखरी’।

आफूले बालापन बिताएका इलाम र पाँचथरको सिमानातिर उनी सुटिङ गरिरहेका थिए। त्यहीबखत नवीनका बालसखा आएर भने, ‘सधैं डाँडातिर कुदेर मात्र हुन्छ? हाम्रो ठाउँमा चाहिँ सुटिङ नगर्ने?’

साथीले भनेपछि उनलाई पनि लाग्यो– ‘आफ्नै ठाउँमा पनि केही त गर्नुपर्यो।’

नवीन आफू हुर्केको गाउँ आसपास गए। १५ दिनसम्म त्यहीँ  बसे। केहीदिनसम्म उनी कथाबारे घोत्लिरहे। निकै सोचेपछि निर्क्यौलमा पुगे, ‘चोरको स्वरको कथा भन्नुपर्यो।’

लिम्बू समुदायमा भागी विवाह गर्दा चोरको स्वर बुझाउने चलन छ। चोरको स्वर बुझाउँदा दुलाहा पक्षले दुलही पक्षकोमा सुंगुर, भालेसहितको सगुन बुझाउँछन्। ‘चोरको स्वर’ स्वीकार गरेपछि बिहे सुरु हुन्छ।

विहे भोजको बेला पाहुना आउने चलन पनि रोचक रहेछ। ‘बिहे भोजमा पाहुनाहरू आउँछन्। उनीहरूको लागि बारी, खेततिर सेल्टर बनाइन्छ। पाहुनाले आफैं ओछ्यान आफैं लिएर आउँछन्। बस्ने सुत्ने व्यवस्थापन आफैं गर्छन्,’ नवीन भन्छन्। 

उनले देखेको लिम्बू समुदायमा त्यसरी पाहुना आएपछि नचिनेकाहरूले एकअर्कामा चिनजान गर्छन्। त्यही क्रममा घण्टौँसम्म पालम गाउँछन्। दुई केटा र केटी धान नाच्दा मन मिल्यो भने माया बस्छ। केटी राजी हुँदा भने भगाउने चलन छ।

गीतको भिडियोमा केटा र केटीको माया बसेको छ। पाहुना आएकी केटीसँग प्रेमिल आँखा जुधेपछि केटाले गाउँछ–

अरे हाओ लिम्बूनी राम्री पो देख्छु  
सेवारो लु है भुइँ सोरी ढोग्छु 
हेरी पठाङ्नु भएन , 
बा नजर परेन 
के हो खै बुझि त

मनमा हुर्किरहेको प्रेमलाई केटाले सम्मानसहित दर्शाउँछ। यो दृश्य निकै सुन्दर देखिन्छ।

नवीनलाई यो कथा खिच्नुअघि आफूले देखेका ती बालापनका दृश्य सम्झनामा आए। पाहुन जान १०/१५ दिनदेखि तयारी गरिरहने लिम्बूहरूको याद आयो। त्यसरी पाहुना जानेहरू धान नाचेरै राजीखुसी भागेका प्रसंग पनि याद आयो। 

‘मैले बुझ्दाको समाजमा तानेर हैन मन जितेर मात्र भगाउन सम्भव थियो। पाहुना जाने र धान नाच्ने कल्चरबारे खासै फिल्म वा गीत बनेजस्तो लागेन। मैले बनाइनँ भने यतिकै बिर्सेर पो जाने हो कि भन्ने भयो। अनि खिचें,’ नवीन सुनाउँछन्। 

उनीहरूलाई गाउँले सम्मानसहित स्वागत गरिरहेको थियो। म्युजिकल फिल्म खिच्न आएको थाहा पाएपछि सोधियो, ‘केको बारेमा बनाउन लागेको?’

उनले ‘चोरको स्वर’माथि भनेर सुनाएका मात्र थिए, त्यसका विधिबारे प्रशस्त कुरा आए। हरेक तयारीमा गाउँलेहरूले नै साथ दिए। त्यतिबेला वास्तविक विहेकै माहोल भइरहेको नवीन सम्झन्छन्।

‘अब विहे कहिले तोक्ने त?’गाउँलेहरूले सोधे। 

एउटा दिन त तोकियो। तर बेहुला बेहुली को? 

उनलाई गाउँ लैजान उत्प्रेरित गर्ने साथीले  सुझाए, ‘मेरो कान्छी बहिनी भर्खर भागेकी छ। उसलाई र ज्वाइँलाई बोलाऊँ।’

रमाइलो त, सेटमा वास्तविक रुपमा नै विहे हुने भयो। उनीहरूले बहिनी ज्वाइँलाई बोलाए। ‘त्यतिन्जेलसम्म ज्वाँइ ससुरालीमा भित्रिएकै थिएनन्। तर ससुराली गाउँमा आएर विहेको भिडियो खेले,’ त्यो क्षण सुनाउँछन् नवीन।

थन्किएका फुटेज

कथा विभिन्न लेयरमा खिचिएको थियो। खिच्दै जाँदा ३० मिनेटको भिडियो पो बन्ने भयो। नवीनले सोचे, ‘यो त फिचर्ड फिल्म वा नाटक पो गज्जब होला।’

त्यसपछि म्युजिकल फिल्मलाई थाती राखेर नवीनले नाटकको योजना बुने। 

त्यही नाटक हो गतसाल मण्डलामा मञ्चन भएको ‘चोरको स्वर।’ नवीनको लेखन रहेको यो नाटकले राम्रो समीक्षासँगै उदाहरणीय  आम्दानी पनि गर्यो।

नाटकमार्फत् आफूले चाहेको कथा भनेपछि नवीनले १५ दिन दु:ख गरेर खिचेको फुटेजहरू थन्क्याए।

झण्डै एक वर्षपछि उनलाई गायक आशिशले फोनमा सुनाए, ‘मसँग एउटा कम्पोजिसन छ। तपाईंलाई सुनाउन मन छ।’

आशिशले कम्पोजिसन सुनाउने क्रममा बीचमा हाक्पारे मिसाएका थिए। उनको कम्पोजिसन पनि ठेट पूर्वेली लाग्थ्यो। तत्काल नवीनले आफूले थन्क्याएर राखेको फुटेजबारे सम्झिए। त्यसमध्येमा एउटा लेयरको कथाले उनलाई तानिरह्यो। 

त्यसपछि नवीन र आशिशले १ महिना लगाएर शब्द तयार पारे। अनि भागी विहेको कथालाई अर्गानिक स्वादमा भन्न लागिपरे। 

र त्यही कथा ‘पाहुना हजुर’ यतिबेला युट्युवमा लोकप्रिय छ।

पाहुना लागेर विहेमा पुगेकी सनाया लिम्बू र  अनिल सुब्बाको धान नाच र प्रेमले गैरलिम्बूलाई आकर्षित गरिरहेको छ। म्युजिकल फिल्म हेरेर मख्ख परिरहेका लिम्बू साथीहरूले चाहिँ भनिरहेका छन्, ‘यो त मेरै कथा हो। घरको कथा हो। गाउँको कथा हो। यति सुन्दर काम गरेकोमा धन्यवाद आर्टमाण्डू।’

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
अलिना रायमाझीको निर्देशनमा ‘बाटो नहरे आमा’ सार्वजनिक, तीजको मौलिक कथामा भावुक भिडियो ‘बाटो नहरे आमा’मा लक्ष्मी परियारको स्वर रहेको छ भने गीतमा आयान न्यौपानेको शब्द तथा संगीत रहेको छ। गीतको एरेन्ज कृष्ण केसीले गरेका हु... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्