काठमाडौं- कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को नयाँ फिल्म ‘म त मर्छु कि क्या हो’ सार्वजनिक भएको छ। उक्त फिल्म युट्युबमा सार्वजनिक गरिएको हो।
कोरोनाका समयमा तयार पारिएको फिल्म यसअघि ओटिटी प्लेटफर्म ओहो मुभिजमा राखिएको थियो। त्यही फिल्मलाई उनीहरुले आफ्नो ‘धुर्मुस सुन्तली’युट्युब च्यानलमार्फत् सार्वजनिक गरेका हुन्।
उनीहरुले कुनैबेला टेलिसिरियलमा चर्चित बनाइएको पात्र धुर्मुस र सुन्तलीकै भूमिकामा आफूहरुलाई प्रस्तुत गरेका छन्।
फिल्ममा उक्त जोडीसँगै रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशिला थापाले अभिनय गरेका छन्। उक्त फिल्मको लेखन र निर्देशन उनीहरुको जोडीले नै गरेको हो।
सुदीप बरालको छायांकन रहेको यो फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।