काठमाडौं- सरकारले गठन गरेको सार्वजनिक खर्च पुनरवलोकन आयोगले काम सुरु गरेको छ। सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने उद्देश्यले गठन गरिएको यो आयोगले काम सुरु गरेको अर्थ मन्त्रालयले बताएको छ।
उक्त आयोगले सार्वजनिक खर्च व्यवस्थापनमा सुधार गर्ने, विकास आयोजनाहरूको प्राथमिकीकरण गर्ने, सरकारी खर्चको गुणस्तर कायम गर्ने, पूँजीगत खर्च वृद्धि गर्न अपनाउनुपर्ने उपायहरूमा सुझाव दिने लगायतका काम गर्नेछ।
त्यस्तै, सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, सार्वजनिक संस्थानहरूमा कायम रहेको सरकारी लगानी र दायित्वको विश्लेषण गर्ने, बजेट र खर्च प्रणालीमा सुधार गर्ने लगायतका काम पनि आयोगले गर्नेछ।
सरकारले डा डिल्लीराज खनालको अध्यक्षतामा हालै पाँच सदस्यीय उच्चस्तरीय सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गरेको थियो। सरकारले ३ भदौमा आयोग गठन गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।