काठमाडौं– सुरज पाण्डेको डेब्यु निर्देशन रहेको फिल्म 'परस्त्री'को निर्माण टिम अहिले मुम्बईमा छ।
निर्मात्री शर्मिला पाण्डे र निर्देशक सुरज पाण्डे कलाकारसहितको टिम लिएर अहिले मुम्बईमा विभिन्न मिडिया र भारतमा रहेका नेपालीमाझ फिल्मको प्रचार गरिरहेका छन्। आइतबार निर्माण टिमको मुम्बईमा संयुक्त नेपाली महासंघ मुम्बई भारतले परस्त्री निर्माण टिमलाई एक कार्यक्रमका बीच सम्मान तथा सत्कार गरेको छ।
आइतबार फिल्मको निर्माण टिमले मुम्बईमा पत्रकार सम्मेलन गर्दै सिनेमाको कथावस्तु र भारत प्रदर्शनको उद्देश्यबारे अन्तर्क्रिया समेत गरेको थियो। फिल्मले विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा निर्माण भएको सिनेमाको निरज कँडेल छायांकन गरेका हन्।
फिल्ममा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ। फिल्ममा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन्। खनाल सिनेमाका लेखकसमेत हुन्।
सिनेमालाई जिजिए ग्रुप र डिसिएनले वितरण गर्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।