• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

मिटरब्याजबाट पीडितका पक्षमा कानुन आएपछि ब्याजमा ऋण लगाउनेहरु आन्दोलनमा

‘हामीले पनि बैंकबाट ऋण लिएर व्यक्तिलाई ऋण दिएका हौं, साँवा पनि डुब्ने भयो’
64x64
कल्पना घिमिरे सोमबार, असार ११, २०८०  ०८:२०
1140x725

काठमाडौं– ३ महिना अघि मिटरब्याज पीडित धर्नारत थिए। अहिले मिटरब्याजी साहुकारहरु काठमाडौंको माइतीघरस्थित सडकमा धर्नारत छन्। मिटरब्याज (अनुचित लेनदेन)लाई संघीय सरकारले गैरकानुनी घोषणा गरेर कारबाही गर्न थालेपछि यसविरूद्ध गत सोमबारदेखि धर्ना दिएको उनीहरू बताउँन्। 

समाजिक लेनदेन गर्दा आफूहरूलाई सरकारले मिटरब्याजी भनेर बदनाम गर्न खोजेको धर्नारत केशोर प्रसाद साहले बताए। ‘हामीहरुलाई खाएको ऋण नतिर्ने उल्टै प्रशासनमा निवेदन दिने, धम्क्याउने र कारबाही अघि बढाउने जस्ता कुरा गरेर आतंकित बनाइएको छ,’ साहले भने।

कसैले बदमासी गरेको, ऋण लिएको र तिरेको प्रमाण भए सरकारले त्यसलाई कारबाही गर्नु पर्नेमा सारा ऋणदातालाई असर पर्ने गरी सरकारले अध्यादेश ल्याएको उनको भनाइ छ। 

‘अनुचित लेनदेन भनेर सरकारले ल्याएको अध्यादेश साह्रै अनैतिकता हो। अब साहुको कपाली तमसुक जब दर्ता हुँदैन साँवा डुब्ने खतरा छ। पीडित लेनदेन संघर्ष समितिले गाउँघरमा प्रमाणसहित लगानी गरेको छ। यो ऋणको साँवा–ब्याजसहित हामीले पाउनु पर्‍यो। अध्यादेशको कारणले हाम्रो साँवा डुब्नेवाला छ। सरकारले २०८०/१/२० मा ल्याएको अध्यादेश खारेज हुनु पर्‍यो। यो हाम्रो माग हो,’ साहले भने।

सरकारले गत वैशाख २० गते मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ संशोधनका लागि अध्यादेश ल्याएको थियो। संहिताको दफा २४९ मा देहाय (क) थप गरी अनुचित लेनदेन गर्न नहुने व्यवस्था गरेको छ। 

अपराध संहिता संशोधन गर्ने अध्यादेशमा लेनदेन नभएको वा नगरेको रकम दिएको भनी लिखत तयार गर्ने, लेनदेख गरेको वास्तविक रकमभन्दा बढी रकमको लिखत तयार गर्ने, लेनदेख गरेको वास्तविक रकमभन्दा बढी रकमको लिखत तयार गर्ने कार्यलाई अनुचित लेनदेन भनिएको छ। यस्तै, लेनदेन गर्दाको बखचमा ब्याज रकम समेत साँवामा जोडी लिखत तयार गर्ने, ब्याजलाई साँवामा जोडी नयाँ लिखत तयार गर्ने, ऋणीले तिरे बुझाएको रकमको भरपाइ नदिने वा लिखत नबनाउने, ऋणको साँवाभन्दा बढी ब्याज लिने, ऋण असुलीका लागि कुनै प्रकारको धम्की दिने वा हिंसा वा शोषण गर्ने, अनुचित लेनदेनको आधारमा ऋणीको अचल सम्पत्तिको हक हस्तान्तर गरी लिने कार्यलाई गैरकानुनी भनिएको छ। 

Meter_Byaj_Sahu_ansan_21687684861.jpg

अनुचित लेनदेनको कसुर गर्ने वा गराउने व्यक्तिलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था अध्यादेशबाट गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

बैंकबाट ऋण लिएर नाफा कमाउने उद्देश्यले ऋण लगानी
सरकारले ल्याएको कानुनविरुद्ध धर्ना दिन काठमाडौं पुगेका केशोर प्रसाद साह आफैंले बैंकबाट ऋण लिएका रहेछन्। ‘थोरै नाफा कमाउने उद्देश्य’ले बैंकबाट ऋण लिएर गाउँकै ५ जना व्यक्तिलाई ऋण दिएको साहले सुनाए। तर सरकारले ल्याएको कानुनका कारण आफ्नो साँवा रकम नै डुब्ने चिन्ता उनलाई छ। 

‘उनीहरू मिटरब्याजमा पीडित छन् भने म किलोमिटरब्याजमा पीडित छु। ऋण लिएकाले ऋणै नतिरी यति लियो उति लियो भनेर बेमानी गर्छ। तर हामीले करोडौँ ऋण बैंकबाट लिएर उनीहरूलाई ऋण दिएका हुन्छौँ। हाम्रो सारा सम्पती लिलामी हुनेवाला छ। हामी सुकुम्बासी हुनु पर्ने अवस्था छ,’ साहले भने। 

सरकारले मीटरब्याजी भनेर ऋण दिने साहुहरूलाई कारबाही गर्न थालेपछि ऋण लिनै समस्या भएको र आन्दोलन गर्न बाध्य भएको अर्का धर्नारत भरत महतोले बताए।

‘अहिले हामीलाई कसैले ऋण दिँदैन। मेरो ऐलानी जग्गा छ। त्यो जग्गा धितो राखेर बैंकले पनि ऋण दिँदैन। समाजको लेनदेनलाई मिटब्याजले परिभाषित गरेको छ। अब गाउँतिर पैसा दिँदैन। किनकि बैंकले आवश्यक परेको बेला ऋण दिँदैन। आफूलाई आपत् पर्‍यो भने साहुले राति १२ बजे पनि ऋण दिन्थ्यो। अब इमर्जेन्सीमा कसैले दिनेवाला छैन। हामी गरिब यत्तिकै मर्नेवाला छौँ,’ भरतले भने।

Xtrem

Xtrem

मिटरब्याजमा साहुले १० प्रतिशतभन्दा बढी ब्याजमा ऋण नदिएको, तर मिटरब्याज पीडितहरुले विभिन्न बाहाना बनाएर लिएको ऋण नतिर्ने दाउ गरेको उनको दाबी छ। ‘१० प्रतिशत ब्याजमा ऋण हो। यो ऋणमा त्यसरी चर्को ब्याज पनि होइन। जसले मिटरब्याज भनेर बढी लियो भनेको छ त्यो बेइमानहरुले भनो होला। १ लाख दिँदा १० लाख बनाउँछ, कपाली तमसुक बनाएर जग्गा लिलाम गर्छ भन्छ त्यो सरासर गलत हो। कुनै साहु महाजनले त्यस्तो गर्दैन। त्यो पैसा नतिर्ने बाहाना बनाएको हो,’ भरतले भने।

सिराहाका रुपेशकुमार साहले मिटरब्याज पीडितहरुले जत्तिकै न्याय ऋण लगानी गर्ने साहुकारले पनि पाउनेपर्ने बताए।  ‘हाम्रो सम्पत्ति बैंकमा छ। उनीहरुले साहु महाजनको मात्रै ऋण खाएको छ। हामीले बैंकको ऋण खाएको छ। बरू उनीहरूले माहाजनलाई लामो समय नतिर्दा पनि त्यति समस्या छैन। बैंकको ऋण समयमा तिरेन भने त फाइन लाग्छ नि। तिरेन भने महँगो सम्पत्ति सस्तोमा लिलामी हुन्छ,’ उनले भने। 

सरकारले पीडित र पीडक पत्ता लगाएर उनीहरूका समस्या समाधान गर्नुपर्नेमा सबै ऋणदाताहरूलाई समस्या पर्ने गरी विधेयक ल्याएको साहको भनाइ छ। साथै ऋण मिनाहा हुने भन्दै ऋणीहरूले तिर्नुपर्ने ऋण समेत नतिर्ने प्रवृति बढेको उनले बताए।

Meter_Byaj_Sahu_ansan_31687684861.jpg

‘योभन्दा अगाडि आएका पीडितहरूले भने होला २ लाख लिएको ४० लाख बुझाएँ। २ लाखको ४० लाख कसरी हुन्छ? २ लाख ऋण लिनेले ४० लाख तिर्न कसरी सक्छ? उनीहरूको प्रमाण छ भने पीडित नै होला। उसले न्याय पाउनु पर्छ। कसैले प्रमाण बिना मुखले भनेर त हुँदैन नि?’  

पीडितका २२ हजार उजुरी 
मधेस प्रदेशको जनकपुरधाममा कार्यालय रहेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा जाँचबुझ गर्न गठित आयोगमा मिटरब्याजपीडित भन्दै देशभरबाट असार ८ गतेसम्म २२ हजार उजुरी परेका छन्। 

आयोगका अध्येक्ष गौरी बहादुर कार्कीका अनुसार अहिले आयोगमा वैशाख १७ गतेदेखि  जेठ १४ गतेसम्म परेका उजुरीमाथि छानबिन भइरहेको छ। ५६४ उजुरी भने फर्स्योट भइसकेको कार्कीले जानकारी दिए। 

६७ जिल्लाबाट उजुरी परेका छन्। सबैभन्दा धेरै मधेसबाट १७ हजार ९ सय ५८ उजुरी परेका छन्। सबैभन्दा कम कर्णालीबाट १२५ वटा उजुरी परेका छन्। 

लुम्बिनी प्रदेशबाट ३ हजार २०९, कोशीबाट ८१०, बागमतीबाट ७९३, सुदूरपश्चिमबाट २६७ र गण्डकीबाट १७१ उजुरी परेको आयोगले जनाएको छ। 

उजुरीहरु फर्स्योट गर्ने क्रममा असामी ऋणी र साहु अर्थात् महाजनबीच मेल मिलाप हुँदा साहुको नाममा राजीनामा पास भएको जग्गा पनि फिर्ता गरिएको कार्कीले बताए। ‘केही साहुले अदालतबाट फैसला भइसकेका जग्गा र बढी असुल गरिसकेको ब्याज पनि स्वेच्छाले फिर्ता गरेका छन्। जाँचबुझ आयोगमा निवेदन दिएपछि ऋण तिर्न पर्दैन भन्ने अफबाहले पनि केही निवेदन परेका छन्। बीसौं वर्ष अगाडि जग्गा बेचेकोमा पनि मोल बढेकाले फिर्ता गराउन सकिन्छ कि भनेर निवेदन दिएको पनि पाइएको छ,’ उनले भने।

राजधानी र सहरी क्षेत्रमा ब्यापार गर्न लगायत करोडौं रकमको लेनदेनलाई पनि ऋण तिर्नु पर्दैन कि भनी मिटरब्याजको नाममा उजुर दिएको पाएको कार्कीले बताए। 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ०८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
आज बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो आज सुनको मूल्य तोलाको २ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य ३० रुपैयाँले बढेको हो । बुधबार, असोज १४, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । बुधबार, असोज १४, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
‘मनाङमा तत्काल अत्यावश्यक काम गर्ने’ : मुख्यमन्त्री पाण्डे बुधबार, असोज १४, २०८३
देउवा समूहले निर्वाचन आयोगलाई बुझायो महाधिवेशन कार्यतालिका बुधबार, असोज १४, २०८३
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो बुधबार, असोज १४, २०८३
नेपालमा रासायनिक मल कारखाना खोल्न प्रस्ताव आह्वान गर्ने तयारी छ : बालेन बुधबार, असोज १४, २०८३
प्राविधिक सांसदसँग प्रधानमन्त्री शाहको आग्रह: ज्ञान र सीप देश निर्माणमा लगाउनुस् बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्