काठमाडौं– यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा अभिनेता बुद्धि तामाङ अनुबन्धित भएका छन्।
यो फिल्म यार्सा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो। यसअघि यो फिल्ममा मुख्य अभिनेताका रुपमा दयाहाङ राई अनुबन्धित भइसकेका छन्।
यसै फिल्मका लागि अर्को मुख्य अभिनेताका रुपमा बुद्धि तामाङ भित्रिएका हुन्।
पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा उनी निर्माताका रुपमा पनि जोडिएका छन्। फिल्मको छायांकन बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिकामा हुने निर्माण पक्षले जनाएको छ।
सामाजिक कथामा बन्ने फिल्ममा अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए। फिल्मका बाँकी कलाकार अडिसनमार्फत् छनोट गरिने उनले खुलाए।
निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो। यसअघि उनले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन्।
यो फिल्ममा दयाहाङ अनुबन्धित भएसँगै विदेशबाट ओभरसिस राइटस्का लागि माग बढीरहेको निर्माण पक्षको दाबी छ। फिल्मको छायाकंन तिहार लगतै गरिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।