काठमाडौं– एलएसडी ड्रग्स बरामद भएको छ। प्रहरीको लागु औषध नियन्त्रण ब्यूरो (एनसीबी)ले लिसर्जिक एसिड डाइएथिलेमाइड (एलएसडी) ड्रग्ससहित काठमाडौं र पोखराबाट केही व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरु नेपालीसँगै विदेशी नागरिक पनि छन्। ब्यूरो स्रोतका अनुसार एलएसडी ड्रग्स १० हजारभन्दा बढी ‘थान’ बरामद भएको छ।
एलएसडी खतरानाक लागु औषध मानिन्छ। प्रहरीका अनुसार प्राय स्टिकरजस्तो आकारमा उपलब्ध हुने यसलाई दुर्व्यसनीमा फसेका व्यक्तिले जिब्रो तथा निधारमा समेत टाँसेर ‘सेवन’ गर्ने गर्छन्।
कुनै समय भारतमा एलएसडीको व्यापक कारोबार हुने गर्थ्यो। भारतमा गरिएको अध्ययनअनुसार यस्तो ड्रग्सहरु धेरैजसो रेब पार्टीहरुमा प्रयोग गर्ने गरिन्छ।
लागु औषध नियन्त्रण ब्यूरोले बरामद लागु औषध तथा यसको ओसारपसारमा संलग्नहरु पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिने जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।