काठमाडौं– मंगलबार नेप्से परिसूचक १ दशमलव ३७ अंकले बढेर ११ सय ७७ दशमलव ०९ को बिन्दुमा आइपुगेको छ।
१५४ कम्पनीको १९ करोड ५ लाख १३ हजार ९९६ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको १ करोड ६३ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।
त्यस्तै एनएमबी बैंकको १ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १९ अंकले बढेर २ सय ४८ दशमलब ६१ को बिन्दुमा पुगेको छ।
मंगलबार कारोबारमा आएका जलविद्युत्, जीवन बिमा समूह बाहेकका अरु समूहमा गिरावट आएको छ। जीवन बिमा समूह ३१ दशमलव ०३ अंक, जलविद्युत् समूह ३ दशमलव ०४ अंक र अन्य समूह शून्य दशमलव ८ अंकले घटेको छ। यता सर्वाधिक कमाउनेमा उत्पादन तथा प्रशोधन समूह अन्तर्गतका लगानीकर्ता रहेका छन्। यो समूह १२ दशमलव २६ अंकले बढेको छ भने होटल समूह १२ दशमलव २४ अंकले बढेको छ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। संस्थाको सेयर मूल्य प्रतिकित्ता ४० रुपैयाँले बढेर १ हजार ५५ रुपैयाँमा कारोबार रोकिएको छ। त्यस्तै एनआइसी एसिया बैंकको सेयर मूल्य प्रतिकित्ता ११ रुपैयाँले बढेको छ। यता सर्वाधिक गुमाउनेमा समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक अन्तर्गतका लगानीकर्ता रहेका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५ रुपैयाँले घटेर ८५६ रुपैयाँमा कारोबार रोकिएको छ। त्यस्तै आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता १५ रुपैयाँले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।