काठमाडौं– टेलिभिजन शो ‘रामायण’मा लक्ष्मणको भूमिका निभाउने कलाकार सुनिल लहरीले ‘आदिपुरुष’ले आफूलाई निराश बनाएको बताएका छन्।
फिल्म हेरेपछि भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै उनले निर्माताले फिल्मको नाममा सबै कुरा सत्यानाश पारेको बताए। ‘ न न्यारेशन, न कथा न चरित्र चित्रण। सब कुरा बेकार छ। कहानी र क्यारेक्टर कुनै पनि विश्वसनीय छैन,’उनले भने।
पात्रमा कुनै भावनात्मक सम्बन्ध नभएको भन्दै उनले फिल्मको आलोचना गरे।
केही दिनअघि ‘रामायण’ टेलिभिजन शोका रामले पनि फिल्म हेरेपछि आक्रोश पोखेका थिए।
अरुण गोविलको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। उनले फिल्मले वास्तविकतालाई तोडमोड गरेको भन्दै निर्देशकको आलोचना गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।