काठमाडौं– बारा जिल्लाको कलैया उपमहानगरपालिका–१० मटिअर्वास्थित सीमा क्षेत्रबाट स्रोत नखुलेको ७ लाख ६ हजार ७ सय २५ रुपैयाँ र मोटरसाइलकसहित एक जना पक्राउ परेका छन्।
विशेष सूचनाका आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वा बीओपीले कलैया उपमहानगरपालिका–८ का ४५ वर्षीय मदनकुमार मिश्रलाई नियन्त्रणमा लिएको हो।
ना ३७ प ९७३५५ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका मिश्रलाई शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको रुपैयाँको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएका मिश्रलाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।