• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ ७, २०८३ Thu, May 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बर्दिवासमा मेडिकल कलेज खोल्ने बाटो खुला, सर्वोच्चले दियो सात बुँदे निर्देशनात्मक आदेश

64x64
नेपाल लाइभ मंगलबार, असार ५, २०८०  १८:४८
1140x725

काठमाडौं- सरकारले महोत्तरीको बर्दिवासमा निर्माण गर्न लागेको मेडिकल कलेज निर्माणको बाटो खुला भएको छ।  सर्वोच्च अदालतले  बर्दिवासमा निर्माण गर्न लागेको मेडिकल कलेज निर्माणको बाटो खुला गरेको हो।सर्वोच्चले वन क्षेत्र बिनास गर्दै सरकारले उक्त क्षेत्रमा १०० शथ्याको मेडिकल कलेज निर्माण गर्न लागेको र उक्त कार्य रोक्न माग गर्दे दायर गरेको रिटलाई खारेज गर्दै सात बुँदे निर्देशनात्मक आदेश पनि जारी गरेको छ। 

न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र प्रकाशमानसिंह राउतको इजलासले उक्त क्षेत्रमा मेडिकल कलेजज बनाउने सरकारको निर्णय र गरिएको वातावरण प्रभाव मुल्याकन (ईआईए) कानुन सम्वत भएको भन्दै  मेडिकल कलेज निर्माण गर्दा केही शर्त पालना गर्न भनेको छ। 

सर्वोच्चले जेठ २९ गते फैसला सुनाउदै सर्वोच्चले सरकारले सातै प्रदेशमा मेडिकल कलेज विस्तार गर्ने लक्ष्य अनुसार उक्त क्षेत्रमा सुरु गरेको काम अघि बढाउने बाटो खुलेको हो। धनुषाका देवनारायण मण्डलले प्रधानमन्त्री कार्यालय, संस्कृती ,पर्यटन तथा नागरिक उड्यन मन्त्रालय,वन तथा वातावरण मन्त्रालय, मधेश प्रदेशको मुख्यमन्त्रीको कार्यालय र वन तथा भू संरक्षण विभागलाई विपक्षी बनाएर दायर गरेको रिटमा मेडिकल कलेज पनि जनताको आवश्यकता भएको भन्दै यस्तो फैसला सुनाएको हो।

सर्वोच्चले फैसलाको पूर्णपाठ हालैमात्र जारी गरेको छ। यो पूर्णपाठसगै उक्त क्षेत्रमा अव मेडिकल कलेज निर्माण गर्ने कार्य सरकारले तत्काल अघि बढाउन सक्ने देखिएको छ। सरकारले २०७३/७४को बजेट मार्फत सातै प्रदेशमा मेडिकल कलेज खोल्ने योजना अघि सारेको थियो।  २०७३ असार २७ गते जग्गा खोजिका लागि समिति गठन गरेको थियो।  त्यसपछि २०७५ फागुन ३ गते मन्त्रिपरिषदको निर्णयबाट अस्थायी दरबन्दी र पूर्वाधार निर्माण विकास आयोजनाको स्वीकृती भई २०७६ वैशाख १८ गतेबाट बर्दिवास मेडिकल कलेजको पूर्वाधार निर्माण विकास आयोजना सुरु भएको थियो। २०७६ माघ ८ गते प्रस्तावित जग्गाको विस्तृत सर्वेक्षण सहितको गुरुयोजना शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत भएको थियो। 

‘बर्दिवास क्षेत्रमा मेडिकल कलेज निर्माण गर्ने नेपाल सरकारको प्रस्तावित योजना रहे अनुरूप उपयुक्त जग्गा खोजि गर्ने र प्रस्तावित जग्गामा मेडिकल कलेज निर्माण गर्दा वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पर्ने वा नपर्ने सम्बन्धमा अध्ययन भई वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भइ स्वीकृत समेत भएको देखिएको छ ’ फैसलाको पुर्णपाठमा भनिएको छ', ‘उक्त वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन निवेदकले जिकिर लिए जस्तो वदनियतपूर्ण र त्रुटिपूर्ण रहेको नदेखिएको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत हुँदा पनि निशर्त स्वीकृत भएको नदेखिई विभिन्न शर्तसहित स्वीकृत भएको देखिएको, ती शर्तहरु वातावरणीय प्रभावहरुलाई थप न्यून तुल्याउने तर्फ उन्मुख रहेको देखिएको छ।’ 

वन ऐन, २०७६ को दफा ४२ मा उल्लेख भए अनुसार राष्ट्रिय प्राथमिकत प्राप्त योजना वन क्षेत्रमा पनि सञ्चालन हुन सक्ने गरी कानूनी व्यवस्था भइरहेको देखिएको, बर्दिवासमा प्रस्तावित मेडिकल कलेज पनि राष्ट्रिय प्राथमिकता प्राप्त योजनाको रुपमा स्वीकृत भएको देखिएको सर्वोच्चको फैसलामा उल्लेख छ।  ‘मेडिकल कलेज निर्माणका कारण कटान हुने एक रुखको सट्टामा दश विरुवा लगाउनु पर्ने गरी वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन मै उल्लेख भइरहेको सन्दर्भलाई बिचार गर्दा निवेदन माग दाबी बमोजिमको आदेश जारी गर्नुपर्ने देखिएन।’ 

निवेदनमा उठाइएको वन र वातावरण संरक्षणको विषय सबै व्यक्ति, समुदाय र प्राणी जगतकै लागि पनि सरोकारको विषय रहेको देखिएको, मेडिकल कलेज निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय हालसम्म नेपाल सरकारबाट भइसकेको नदेखिएको तथा प्रस्तावित क्षेत्रमै मेडिकल कलेज निर्माण हुने भएमा पनि त्यसबाट वन र वातावरणमा पर्ने प्रतिकूल प्रभावहरुलाई थप न्यूनीकरण गर्नु वाञ्छनीय हुने फैसलामा भनिएको छ।  मेडिकल कलेज निर्माण गर्नुभन्दा केही शर्तहरु पालना गर्नु भनि सर्वोच्चले सात बुँदे निर्देशन पनि जारी गरेको छ। 

यस्ता छन् सात बुँदे निर्देशनात्मक आदेश 

nimb
nimb
Ncell 2
Ncell 2

१. स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेखित शर्तहरुको प्रभावकारी कार्यान्वयनको व्यवस्था मिलाउनु,

२. प्रस्तावित वन क्षेत्रमा मेडिकल कलेज निर्माण गर्दा काटिने रुखहरुको सट्टामा नयाँ विरुवाहरु लगाउने भनी वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख भए बमोजिमको विरुवाहरु लगाउन जग्गाको बन्दोबस्त गरी हालका रुखहरु काटिनु भन्दा अगावै ती नयाँ विरुवाहरु लगाउने व्यवस्था गर्नु,

३. नयाँ लगाइएका विरुवाहरु पाँच वर्षसम्म आयोजनाको तर्फबाट हेर बिचार गर्ने व्यवस्था मिलाउनु तथा सो बमोजिम लगाइएका विरुवाहरुको हेरबिचार भए नभएको कुराको अनुगमन वन तथा वातावरण मन्त्रालयबाट व्यवस्था मिलाउनु,

४. आयोजना सञ्चालनसँगै आयोजनास्थल वरपर स–साना पसल र रेष्टुरेण्टहरु पनि सञ्चालनमा  आउन सक्ने भई ती पसल र रेष्टुरेण्टहरुले थप सरकारी जग्गा र वन क्षेत्र अतिक्रमण हुने सम्भावना रहने हुँदा त्यस्तो सम्भावित अतिक्रमण रोक्न आवश्यक योजना बनाइ लागू गर्नु,

५. मेडिकल कलेज स्थापना भई सञ्चालनमा आएपछि त्यसबाट उत्पन्न हुने फोहोरजन्य पदार्थहरुको कारण वातावरण थप प्रदूषित हुन सक्ने हुँदा त्यस्तो फोहोरहरुको व्यवस्थापन र विसर्जनका लागि उपयुक्त व्यवस्था मिलाउनु,

६. बर्दिवास क्षेत्रको दुर्लभ वन्यजन्तु र वनसम्पदाको संरक्षणको लागि वातावरण व्यवस्थापन योजना बनाई लागू गर्नु गराउनु र सो को प्रगति अनुगमनको लागि प्रभावकारी व्यवस्था मिलाउनु,

७ आयोजनाको संरचनाभित्रै वातावरण व्यवस्थापन इकाइ स्थापना गरी वातावरणमा पर्नसक्ने थप प्रतिकुल प्रभावको व्यवस्थापनका लागि  आवश्यक उपाय अवलम्वन गर्नु

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १८:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने
व्यवसायी मीनबहादुर गुरुङले दान गरेको जग्गामा एमालेको कार्यालय नबन्ने, पार्टीको नाममा रहेको बल्खुमा बन्ने
यस्तो छ कोशी सरकारको नीति तथा कार्यक्रमको पुर्णपाठ
सम्बन्धित सामग्री
विश्वविद्यालयको उपकुलपतिका लागि २१८ आवेदन, छानबिन सुरु उपकुलपति नियुक्तिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको छनोट तथा सिफारिस समितिले इच्छुक तथा योग्य उम्मेदवारलाई १० दिनभित्र दरखा... बिहीबार, जेठ ७, २०८३
गोसाइकुण्डमा गङ्गादशहरा मेला सुरु हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्था र मोक्ष प्राप्तिको केन्द्र मानिने गोसाइँकुण्डमा भगवान् शिवको दर्शन तथा स्नान गर्न देश–विदेशबाट... बिहीबार, जेठ ७, २०८३
प्रेस काउन्सिलको अध्यक्षका लागि दरखास्त आह्वान नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले आज एक सूचना जारी गर्दै प्रतिस्पर्धात्मक प्रणालीद्वारा एकजना योग्य उम्मेदवार छनोट गर्नका ला... बिहीबार, जेठ ७, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
व्यवसायी मीनबहादुर गुरुङले दान गरेको जग्गामा एमालेको कार्यालय नबन्ने, पार्टीको नाममा रहेको बल्खुमा बन्ने बिहीबार, जेठ ७, २०८३
यस्तो छ कोशी सरकारको नीति तथा कार्यक्रमको पुर्णपाठ बिहीबार, जेठ ७, २०८३
प्रतिनिधिसभा बैठक १२ जेठसम्मको लागि स्थगित बिहीबार, जेठ ७, २०८३
‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२  प्रतिनिधि सभाबाट पारित बिहीबार, जेठ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बुधबार, जेठ ६, २०८३
सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी बुधबार, जेठ ६, २०८३
विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्‌न पुगे सभामुख अर्याल बिहीबार, जेठ ७, २०८३
संसदमा एमालेले उठायो सभामुख अर्यालको भूमिकामाथि प्रश्न बुधबार, जेठ ६, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना बिहीबार, जेठ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्