बझाङ- बझाङमा भएको गाडी दुर्घटनामा सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती र भाउजुको मृत्यु भएको छ।
दुर्घटनामा मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जानकी सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ। बाँकी घाइतेहरुलाई हेलिकोप्टरमार्फत उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएको छ।
सुप्र ०१००१झ४८० नम्बरको गाडी मंगलबार डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो। दुर्घटनामा परि मन्त्रीसिंह सहित ४ जना घाइते भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।